मिति २०७८ चैत्र ०४ गते होलि पुर्णिमाको दिन कुलदिप कल्याण कोषले दोस्रो साधारणसभा सम्पन्न गर्यो । पाल्पाबाट चितवन बसाई सरेको २–४ जना पाल्पाली समूह मिलि आजभन्दा करिब ४ बर्ष अगाडि...
मिति २०७८ चैत्र ०४ गते होलि पुर्णिमाको दिन कुलदिप कल्याण कोषले दोस्रो साधारणसभा सम्पन्न गर्यो । पाल्पाबाट चितवन बसाई सरेको २–४ जना पाल्पाली समूह मिलि आजभन्दा करिब ४ बर्ष अगाडि २०७४ ज्येष्ठ ८ गते बिधिवत रुपमा स्थापना भएको उक्त समुहमा आज २८ जना सदस्यहरु आबद्ध छन । सिमित ब्यक्तिको सतत प्रयाश बाट स्थापित यो समुहमा २८ घर परिवारलाई समेट्न सकेकोमा गर्व गर्नु हुन्छ संस्थाका अध्यक्ष्य श्री सैलेन्द्र कुमार राजल्वट ज्यु साथै आगामी दिनहरुमा पनि हामी यसरीनै एक जुटभै सहकार्य गर्न...
काठमाडौको अनामनगर स्थित किमचि रेस्टुरेण्टमा चलचित्र रुद्राक्ष को प्रेस मिट सँगै प्रिमियर सो पनि भएको थियो । यस प्रिमियर सो मा रुद्राक्ष टिमका सम्पुर्ण कलाकारहरु
काठमाडौँ - बलिउड फिल्म 'गुड न्युज'को प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले फिल्मको प्रोमोसन शुरु गरेको छ । 'गुड न्युज'मा अभिनेता अक्षय कुमार र अभिनेत्री करिना
काठमाडौं : बौद्ध धर्मका हिसाबले महत्वपूर्ण बिहारहरु भएको बिहार शहर हो । जुन बिहारहरु एकदम एैतिहासिक र अध्यात्मिकताबाट पनि महत्वपूर्ण छ । २०७० सालको भुइचालोपछि धेरै बिहारहरु क्षति भए ‘धेरै बहाल बहिहरु समरक्षणको पर्खाइमा रहेको छ ।’ यसै गरि एक काठमाडौंको यटखा टोल रहेको यटखा पनि एक महत्वपूर्ण बहाल जुन भुकम्पपछि पुननिर्माण भएको अवस्था छ । हेर्नुस एक रिपोर्ट यटखा बहाल काठमाडौं दरवार क्षेत्रबाट उत्तरी भाग काठमाडौं नगरपालिका वडा १९ मा अवस्थित एक महत्व बहाल हो । जुन काठमाडौंको भित्रि मध्य भागमा रहेको छ । यो उपत्यकाको प्राचिन बहाल हो । ७२ सालको भुकम्पमा सामान्य क्षति पुगेको यस बहाललाई प्रदेश सांसद राजेशकाजी शाक्य तथा स्थानीयहरुको सक्रियतामा पुनः निर्माण कार्य सम्भव भएको हो । बहाललाई भाष्कर कृति बिहार भनेर पनि चिनिन्छ यस बवहालमा अशोक स्तुपा र कवापाछँ रहेको छ । यस बहाल राजा अशोकले बनाउन लागाएको स्थानिय लक्ष्मी नारायण महर्जन बताउनु हुन्छ । बाइट्स लक्ष्मी नारायण महर्जनको लिच्छबीकालिन समयमा निर्माण भएको यस बहालमा नेवाः वास्तु कला झल्कने घरहरु रहेको पाइन्छ । वि.सं. २०७२ सालको भुकम्प पश्चात धेरै कलात्मक निजी घरहरु पक्की घरमा परिणत भै सके भन्ने केहि घरहरुको भगनावशेष अझै हामी देख्न सक्छौं। वडा स्तरबाट कुनै सहयोग नभए पनि स्थानियहरु सबै एक जुट भएर बहाल पुननिर्माणको कार्यमा लागि परेको र उक्त कार्यमा बाग्मती प्रदेश संसद राजेशकाजी शाक्यको प्रदेश बिकास कोषबाट ८५ लाख निकासा भएको रकमबाट बहाल पुनः निर्माण भएको लक्ष्मी नारायाण महर्जन बताउनु हुन्छ । लक्ष्मी नारायण महर्जन बाइटेस बौध धर्मवलाम्बीहरुका लागि यो बहाल एकदम महत्वपूर्ण बहाल हो । हरेक सम्पदाको संरक्षण गर्न स्थानीय मात्रै अगाडि बढ्ने हो भन्ने नेपाल सरकारका सम्पदा संरक्षण गर्ने भनेर गठन गरिएका निकायको के काम भन्ने स्थानियहरुको प्रश्न रही आएको छ काठमाडौं दरवार क्षेत्रबाट निकै नजिक भएर पनि यो बहाल सरकारी स्तरबाट संरक्षित नहुनुले पनि राज्यको ध्यान यस्ता सम्पदाहरुमा कतिको छ भन्ने कुरा प्रष्ट हुँदैन र ?
मिति २०७८ चैत्र ०४ गते होलि पुर्णिमाको दिन कुलदिप कल्याण कोषले दोस्रो साधारणसभा सम्पन्न गर्यो । पाल्पाबाट चितवन बसाई सरेको २–४ जना पाल्पाली समूह मिलि आजभन्दा करिब ४ बर्ष अगाडि २०७४ ज्येष्ठ ८ गते बिधिवत रुपमा स्थापना भएको उक्त समुहमा आज २८ जना सदस्यहरु आबद्ध छन । सिमित ब्यक्तिको सतत प्रयाश बाट स्थापित यो समुहमा २८ घर परिवारलाई समेट्न सकेकोमा गर्व गर्नु हुन्छ संस्थाका अध्यक्ष्य श्री सैलेन्द्र कुमार राजल्वट ज्यु साथै आगामी दिनहरुमा पनि हामी यसरीनै एक जुटभै सहकार्य गर्न र संस्थाको उत्थान र बिकाशका लागी सबैले आ आफ्नो क्षेत्रबाट मन वचन र कर्मले संस्थाप्रती निष्ठा पुर्बक लागेमा निश्चयपनी हामी छोटो समयमानै अघि बढन सक्छौं र यस कुलदिप संस्थाले निश्चय पनि फड्को मार्ने छ भन्ने कुरामा संका छैन भन्नू भयो ।साथै संस्थाका बरिष्ठ उपाध्यक्ष श्री प्रबिन श्रेष्ठ ज्युले पनि स्वागत मन्तब्य दिदै यस संस्थाको उत्तरोत्तर प्रगतिको लागी सबै सदस्यहरुको उत्तिकै अहं भुमिका भएकोले सबै सदस्यहरुको तर्फबाट सकारात्मक सहकार्यको अवष्यकता औंल्याउनु भयो । त्यसै गरि पाल्पाली महिला समुहको तर्फबाट बर्तमान अध्यक्ष सुमि श्रेष्ठज्यूले पनि छोटो मन्तब्यमा आफ्नो भनाइ राख्दै हरेक कार्यक्रममा हामी महिलाहरुलाई पनि सहभागी गराएकोमा कृतज्ञता ब्यक्त गर्दै धन्यबाद दिनुभयो । साथै बार्षिक साधारण सभा जस्तो बृहत कार्यक्रममा पनि सम्पुर्ण सदस्यहरु शत प्रतिशत उपस्थिती हुन नसकेकोमा अलिकती खेद प्रकट गर्दै सकेसम्म सप्मुर्ण सदस्यहरुलाई अनिबार्य उपस्थितिको लागि पहल गर्नु पर्ने धारणा ब्यक्त गर्नुभयो । त्यसै गरि संस्थाका उपाध्यक्ष श्री श्याम श्रेष्ठ र कोषाध्यक्ष श्री राजकुमार श्रेष्ठज्यूले पनि आफ्नो मन्तब्य राख्दै छोटो समयमा सोचेको भन्दा धेरै उपलब्धी गर्न सकेकोमा सबैलाई धन्यबद दिदै आगामी दिनहरुमा निश्चय पनि हामिले यस कुलदिप संस्थाबाट नयाँ भिजन र सोंचका साथ अघि बढ्न सक्छौ, जसको लागी सम्पुर्ण सदस्यहरुको यस्तै खालको ऐक्यबद्धता हमेशा कायम रहनुपर्ने कुरामा जोड दिंदै सम्पुर्ण संस्थापक सदस्यहरुलाई स–सानो कुरामा न अल्झी संस्थागत रुपमा अघि बढन सुझाव दिनु भयो । र अन्त्यमा यसै संस्थाका संस्थापक सदस्य श्री येशु श्रेष्ठज्युले यो कुलदिप कल्याण कोषको स्थापना गर्ने भिजन र दुर दर्शिता भएको ब्यक्ति स्व. श्री रत्नकुमार राजल्वटज्यूलाई हामिले यस संस्थाको भिष्म पितामहको रुपमा श्रद्धाका साथ सम्मान गर्नुपर्दछ भन्दै वहाँको फोटो तथा प्रतिमा स्थापना गर्नु पर्ने कुरामा जोड दिनुभयो । साथै यस कुलदिप कल्याण कोषका दिवंगत संस्थापक सदस्यहरु श्री कृष्ण नारायण ह्योजु र श्री जनक नारायण ह्योजुको सम्झना गर्दै सम्मान स्वरुप १ मिनेट मौन धारण पनि गरिएको थियो ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा आधारित दिगो विकास शिक्षा’ भन्ने मूल नाराका स्थापना भएको सुलक्षण कीर्ति क्याम्पसको कक्षा सञ्चालन तथा शैक्षिक सत्र शुभारम्भको औपचारिक रुपमा उदघाटन सम्पन्न मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा विशेष अतिथिका रुपमा पाल्नु भएका लुम्बिनी विश्वविद्यालयका भिसि प्राध्यापक डा हृदयरत्न बज्राचार्यले बौद्धको शिक्षा महत्व उल्लेख गर्दै कीर्तिपुर नगरपालिकाले स्नातकोत्तर तह अन्तर्गत बुद्धिजम फर सस्टेनएबल डेभलभमेन्टमा बौद्ध अध्ययन निरन्तरता सञ्चालन गराउनका लागि मेरुदण्डको रुपमा कार्य गर्नेमा आफू विश्वस्त रहेको जनाउँदै यस सुलक्षण कीर्ति क्याम्पसमा लुम्बिनी विश्वविद्यालयका लागि हलमार्कको रुपमा आफूले लिएको जनाए । साथै क्याम्पस प्रशासनले एमए बौद्ध शिक्षा अध्ययन गर्ने थलोका मात्रै नलिइ एउटा अभियानकै रुपमा लिनु पर्ने जोड दिए । कार्यक्रममा विद्यार्थीको तर्फबाट अनिता महर्जनले आफू कानुनको विद्यार्थी भएता पनि यस क्याम्पसमा बुद्धिजम फर सस्टेनएबल डेभलभमेन्ट विषय पहिलो ब्याचका रुपमा बौद्ध शिक्षा एकेडेमीक रुपमा पढ्न जुराई दिनु भएकोमा धन्यवाद ध्यनवाद दिनु भयो । लुम्बिनी बौद्ध क्याम्पसका डिन मनिक रत्न शाक्यले नेपालमा पनि बौद्ध शिक्षालाई दिगो विकासका रुपमा लागू गर्न सकेको खण्डमा देशको विकास विकास हुने अवगत गराउँदै यस सुलक्षण कीर्ति क्याम्पसको पनि दिगो विकास गर्नु पर्नेमा जोड दिए । प्रमुख अतिथि माननीय पुर्व शिक्षा तथा विज्ञान मन्त्री कृष्ण गोपाल श्रेष्ठले नेपालमा अहिले बौद्ध शिक्षाको महत्व दिनानुदिन महत्व बढ्दै गएकाले शिक्षाको प्रचारका कलेज आवश्यक रहेको जनाउँदै बौद्ध शिक्षा नेपालीका लागि मात्रै नभई मात्रै नभई विदेशी विद्यार्थीहरुलाई पनि आकर्षित गर्नु परेमा पहल गर्नुपर्नेमा जोड दिए ।सुलक्षण कीर्ति क्याम्पसका अनोजा गुरुमा क्याम्पसलाई १० लाख गर्ने प्रतिबद्र्धता दिएका कीतिपुर नगरपालिकाका मेयर रमेश महर्जन उपप्रमु खसरस्वती खड्का रिजाललाई समेत सम्मान गरिएको थियो
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम दिदी बहिनिहरुको कुरा सुन्दा यस्तो लाग्छकि यो महिलाले शासन गरेको देशमा कहिल्येई महिलाले न्याय पाएनन, धेरै पिडित छन महिला दिदीबहिनिहरु र पनि मौन र मुक दर्शक छन हाम्रा मुलुकका महिला रास्ट्रपती । केवल एक दिनको महिला मुक्तिको ठूलो ठूलो भाषणले केही लछार पाट लाग्ने वाला छैन । साच्चै भन्नू पर्दा बिध्या देवि भन्डारी आफ्नै बल र बुताले रास्ट्रपती भएकी होइनन ।।। जस्को कुनै आफ्नै सिद्धान्त नै छैन ।।।। बिचार नै छैन ।।। येस्तो नारीले कसरी राष्ट्रको जनतालाई खुशी तुल्याउन सक्छ ? प्रसङ्ग अलिकती बदलौ । आजको युग्मा सबै नारी पुरुष समान हुन , सम्पुर्ण नारी जाती हरुलाइ चेतना भया …बर्षभरिमा केवल एक दिन मात्र नारी दिवश मनाएर .. खुशी हुनु को कुनै औचित्य छैन ।।। यहाँ पुरषलाई मारेर सुट्केस मा प्याक गरेर फ्याल्न सक्ने बहादुर नारी पनि छन् भने 3-4 पटक सम्म बिबाह गरेर तिन चार जना पुरुष सङ्ग सम्पत्ती असुल उपर गर्ने कलन्कित नारी पनि यहि समाजमा छन । राम्रो सङ्ग चियाएर हेर्ने हो भने महिला र पुरुश दुबै समान रुपमा पिडित र बलात्कृत छन । केवल पुरुशले खुलेर ब्यक्त गर्न सक्दैन र नारिले आफू पुरुश् द्वारा पिडित भएको कुरा खुलेर ब्यक्त गर्छन किनकी समाजले पनि नारिलाइ साथ दिन्छ । यस्को मुख्य कारण हो नेपालको कानुनले नारिलाइनै धेरै सुरछ्या प्रदान गरेको छ । … तसर्थ केवल नारिलाइ मात्र कम्जोर सोच्नु पनि गलत हुन्छ भने पुरुश लाई मात्र क्रुर र बलात्त्कारि सोच्नु पनि पुरुश जाति माथिको बिभेद र अन्यायनै हुनेछ । समग्रमा भन्नू पर्दा यहाँ सबै नारी पुरुश समान रुपमा दोशि र कम्जोर दुबै छन । जहाँ सम्म नारी दिवसको सवाल छ म यस्को पुर्ण रुपमा बिरोध नै गर्छु । जुन देशमा बर्षभरि सैयोउ महिलाहरु बलात्कृत र पिडित छन त्यस देशमा केवल एक दिन मात्र ठूलो ठ्लो भाषण गर्दैमा महिला मुक्तिको नारा घन्काउदैमा नारी सुखी र स्वतन्त्र हुनु सक्दैन । जुन देश को नारी राष्ट्रको सर्वोच्च र गरिमामय पद ओगटेर बसेको छ जस्ले कहिल्येई पनि नारिको हत्या हिम्सा र बलात्कारको सम्बन्धमा आज सम्म एउटा पनि बक्तब्य दिन सकेन त्यस देशको नारिले नारि दिवस को दिन केवल एक दिन मात्र सन्तोश को स्वश फेर्न पनि कसैको अनुमती लिनु पर्छ भने यो खोक्रो नारा र भाषणमा एक निमेश पनी खर्छ गर्नु ब्यर्थ छ । हरेक बर्ष नारि दिवसको दिन एक न एक बखेडा निस्कीरहेको हुन्छ । अहिले राष्ट्रपति प्रती तमाम महिला र महिलाबादिहरु असन्तुष्ट छन – कारण रास्ट्रपती, केवल कुर्ची को लागि मात्र रहेछ । कुनै सैद्धान्तिक बिचार नभएको बिबेक हिन र कठ्पुतलिको रुपमा रहेको हाम्रो महिला राष्ट्रपती महिला भैकन पनि महिलाको लागि एक शब्द आवाज निकाल्न नसक्ने जुन राष्ट्रको सर्वोच्च र गरिमामय राष्ट्रपती जस्तो पदमा बस्नुको कुनै औचित्य छैन । यी र येस्तै खाले शब्द हरु यत्र तत्र सर्वत्र सुनिन्छन । अन्त्यमा जे जस्तो भएपनी बौद्धिक बर्गका महिला दिदी बहिनिहरुले केवल यो सोच्नु पर्योकी महिला पुरुश समान रुपले काध मा काध मिलएर हिड्न सकेमा उज्वल भविश्यको आशा गर्न सकिन्छ ।। पुरुश को जुठो खाएर र ३३ प्रतिशत अधिकारमा रमाएर र कुनै पनि महिलाले चर्को आवजमा बोल्दैमा महिला मुक्ती हुन सक्दैन ।। महिला मुक्ती र स्वतन्त्रतको लागि त हरेक छेत्रमा ५० प्रतिशत अधिकार हासिल गर्नु छ ।। राजनितिक, सामाजिक, पारिवारिक तथा राज्यले प्रदान गर्ने जुन्सुकै सेवा सुबिधामामा पनि नारिले पुरुष सरह समान हक र अधिकार पाउनु जरुरी छ ।
नेपाल नागरिक अभियान सर्लाहीले आज एक कार्यक्रमको आयोजना गरेको छ यहि आउदो फागुन २८ गते नेपाल नागरिक अभियान केन्द्रिय कमिटीले आयोजना गर्न लागेको साधारण सभालाई आफ्नु जिल्ला को उपस्थिती जनाउने हेतु सो कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा नवप्रवेशी सदस्यहरुलाई विशेष सम्मानका साथ स्वागत गरियको थियो ।कार्यक्रम जिल्ला कमिटी अध्यक्ष ऋषिराम कडरियाको अध्यक्षतामा सम्पन्न भएको थियो केन्द्रिय सदस्य समेत रहनु भएका कडरिया बिगत लामो समय देखि समाजसेवा मा लागि रहनु भएको छ । उक्त कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष , सचीव ,जिल्ला कमिटी सदस्यहरु ,नगर कमिटीका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको जिल्ला सचिब प्रमोद खनालले खुल्ला संचारलाई जानकारी दिनु भयो । नवप्रवेशीहरुमा क्रमशः अनुक्रम खरेल – जिल्ला कमिटि सदस्य हिमान्शु रायमाझी – महिला बिभाग सदस्य जिल्ला कमिटी गणेश सुवेदी -हरिवन नगरकमिटी सदस्य रहेका छन । दल भन्दा माथि देश र धर्म रहेकोले मैले आफ्नु जीवन देश सेवामा लगाउनु पर्ने भन्दै राप्रपाका हरिवन नपा:- ६ का अध्यक्ष रहनु भएका खरेलले बताउनु भयो । खुल्ला संचारका लागि शंकर खनाल सर्लाही