हाम्रोबारे

“सञ्चारले संसार बदल्न सक्छ” 

पृष्ठभूमि : जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् ।” शिव खेडाको यही सिद्धान्तलाई आत्मसात गर्दै अरुभन्दा पृथक र बृहत् उद्धेश्य राखेर स्थापना भएको खुल्ला सञ्चार प्रा.लि. जनमानसबिचमा परिचित नै छ । खुल्ला सञ्चारले पत्रकारिता गर्नेमात्र नभई पत्रकारितासम्बन्धी तालिमहरु पनि सञ्चालन गरिरहेको छ । साथै अन्य विभिन्न तालिमहरु, अभिनय, उद्घोषणकला, रेडियो प्राविधिक, मिडिया तालिम लगायतका विभिन्न तालिमहरु पनि सञ्चालन गर्दै आईरहेको छ । त्यतिमात्र नभई विभिन्न ठूला राष्ट्रिय स्तरका कार्यक्रमहरुको पनि आयोजना गर्ने योजना रहेको छ । रेडियो तथा टेलिभिजन कार्यक्रम उत्पादन, फोटोग्राफी, गीतसंगीत, म्युजिक भिडियो, डकुमेन्ट्री निर्माण तथा एल्वम रिलिजका कार्यक्रमहरु पनिआयोजना गरिदिने गर्दछ । यो एउटा समाचार संस्थान सँगसँगै विज्ञापन एजेन्सी पनि हो । ठूला र धेरै मिडियाहरुसँग राम्रो सम्बन्ध भएको तथा सहकार्य गरिरहेको खुल्ला सञ्चारले विभिन्न रेडियो, पत्रिका, टेलिभिजन तथा अनलाईन सबै किसिमका विज्ञापनहरुको काम पनि गरिरहेको छ ।

www.khullasanchar.com
आजको युग सूचना र प्रविधीको युग हो । सूचना र सञ्चारको प्रभावले संसारभरकै जीवनशैलीमा परिवर्तन आईरहेको र समग्र मानवजीवनलाई नै सहज बनाईरहेको कुरा हामी सबैलाई अवगतै छ । सञ्चारकै कारण आज एउटा बन्दकोठाभित्र बसेर विश्वलाई नियाल्न सकिने भएको छ । त्यसकारण धेरै कुरा परिवर्तन गर्नु आवश्यक रहेको हाम्रो समाजमा पनि सकरात्मक परिवर्तन गर्नु अति आवश्यक छ । परिवर्तनको संवाहक के तपाईँ–हामी बन्न सक्दैनौँ ? यही कुरालाई आत्मसात गर्दै पृथक उद्देश्य बोकेर स्थापना भएको अनलाईन पत्रिका www.khullasanchar.com विशुद्ध समाचार पोर्टल हो । छोटो समयमै चर्चा कमाउन सफल भएको छ ।
विशेषगरी विविधअनलाईन माध्यमहरुको भीडमा अन्यअनलाईनहरु भन्दा पृथक शैली प्रयोग गरेर जनचेतनामूलक सन्देशहरु आमजनमानसमा प्रवाह गरी पत्रकारिताको माध्यमबाट समुन्नत राष्ट्र निमार्ण गर्ने हाम्रो एजेन्डा हो । देशपरिवेश, अर्थबजार, रङ्गमञ्च, शब्दश्रृङ्गार, खुल्लाविचार, बन्दखामभित्र, आजको पुस्ता, चिनारी, सहयोगको खोजी आदिजस्ता समग्र जनचासोका विषयहरुमा कलम चलाउने यस अनलाईनका विशेषताहरु हुन् ।साथै पर्दा पछाडी रहेर राष्ट्रको लागि योगदान दिईरहेका व्यक्तित्वहरुलाई अगाडी उभ्याउने, सहयोगको अभावमा छटपटाईरहेकाहरुलाई सहयोग र सहुलियतसमेत प्रदान गर्ने हाम्रो प्रयास हो ।

उद्देश्य : सत्य तथ्य सूचना प्राप्त गर्न पाउनु सम्पुर्ण नागरिकको नैसर्गिक अधिकार हो । सत्यतथ्य र निष्पक्ष रुपमा सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य हो । समाजलाई पृथक ढंगले परिवर्तन गर्न सकिन्छ भन्ने ध्येयले स्थापना भएको www.khullasanchar.com समाजमा दबिएका आवाज र आवाजविहीनहरुको आवाजको रुपमा कलम चलाउने मूल उद्देश्य हो । समाजभित्रभएका समस्यामात्र औँल्याउने हैन कि त्यसको समाधानको बाटो खोज्नु पनि हाम्रो लक्ष्य हो ।

मुलत :  समृद्धि समाज निमार्णको अभियानसँगै समाज परिवर्तनको संवाहकको रुपमा रही आर्थिक सूचना, आर्थिक समाचार, शिक्षा, स्वास्थ्य, प्रवास, कला, साहित्य क्षेत्रमा पहुँच विस्तार एवं बजार मूल्यको अवस्था आदिमा लक्षित गरी विविध क्षेत्रका गतिविधिलाई उठान गर्ने तथा समृद्धिका बारेमा कलम चलाउने मुख्य उद्देश्य रहेको छ ।

साथै नेपाल सरकारका आर्थिक, सामाजिक सूचनाहरु, आर्थिक नितीनियम एवं आर्थिक गतिविधिहरु, नेपालका सूचना र गतिविधिहरु आदि कुरालाई पनि हामीले समेट्दै आएका छौँ । www.khullasanchar.com लाई अझ विश्वसनिय, स्थायीत्व र मजबुतीको लागि खुल्ला सञ्चार प्रा.लि. मार्फत अनलाईन रेडियो – रेडियो खुल्लासञ्चार पनि सञ्चालन भईरहेको छ । आगामी दिनहरुमा अनलाईन टेलिभिजन र मासिक पत्रिकासमेत चाँडै सञ्चालनमा आउनलागेको समेत अवगत गराउन चाहन्छौँ । यसलाई हामीले अझ विस्तार गर्ने योजनामा अघि बढेका छौँ ।

हाम्रो बारेमा : नयाँवानेश्वर–१०, थापागाउँ, काठमाडौंमा कर्पोरेट अफिस रहेको यस खुल्ला सञ्चार प्रा. लि. विधिवत रुपमा कम्पनी ऐन र सञ्चार ऐन अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय, सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत सूचना विभाग र प्रेस काउन्सील नेपालमा दर्ता गरेर अघि बढेको अवगत गराउन चाहान्छौँ । धन्यवाद !

Naya Post