आँचलले भेटे बेष्ट फ्रेन्ड, यस्तो छ अहिले पलसङ्गको सम्बन्ध

साउन ५, २०७६

काठमाडौं- नायीका आँचल शर्मा र नायक पल शाह विच प्रेम सम्बन्धको चर्चा चले पनि आजभोली त्यो चर्चा सेलाउँदै गएको छ । केहि समय अघि सम्म आँचल र पलको नाम जोडेर सिने जगतमा चर्चा चलाइन्थ्यो तर अहिले त्यो चर्चा विस्तारै सेलाउँदै गएको छ । सुन्दरी नायीका आँचल नेपाली चलचित्र क्षेत्रमा चर्चित छिन् ।

पछिल्लो रिलिज चलचित्र ‘दाल भात तरकारी’पछि आँचल अहिले म्यूजिक भिडियोमा नै मस्त छिन् । आँचल शर्मा सामाजिक संजाल र युटुबमा सक्रिय छिन् । उनले अभिनय गरेका म्यूजिक भिडियोहरु युटुबमा धेरै नै सार्वजनिक भैरहेका हुन्छन् । उनै, आँचलले आफ्नो दैनिक अपडेट आफ्ना फ्यानलाई सामाजिक संजालबाट पनि गरिरहेकी छिन् । यसैविच, आँचलले आफूले बेष्ट फ्रेन्ड भेटेको उल्लेख गरेपछि उनका फ्यानलाई चासो बढेको छ । आँचलले उदिप श्रेष्ठलाई आफ्नो सबैभन्दा मिल्ने साथी भनेकी छिन् ।

आँचलले इन्स्टाग्राममा राखेको तस्वीरमा उनी उदिपसँग खुशी देखिएकी छिन् । नेपाली चलचित्रमा आँचलका नायिका साथी नै धेरै छन् । नायक पल शाहसँग उनको प्रेम सम्बन्धको चर्चा चलेपनि अहिले सेलाएको छ । आँचलले बेष्ट फ्रेन्डसँग खुशी देखिएकी छिन् । आँचलका फ्यानहरुमा उत्सुकता बढेको छ की उनले वेस्ट फ्रेण्ड भनेर सार्वजनिक गरेको मान्छे वेस्ट फ्रेण्ड मात्रै होकी त्यो भन्दा बढि ? जे होस आँचलको फोटोले काफी चर्चा पाएको छ ।

यो पनि
किन जन्मीएन राजेश हमालको बच्चा
३ सयको हाराहारि चलचित्रमा काम गरेका अभिनेता राजेश हमालको छुट्टै शान छ । इज्जत छ । कहिल्यै बिबादमा नफस्ने हमालका हरेकजसो विषय मिडियामा राम्रै मसाला बन्ने गरेका छन् । बिहे नहुँदा सम्म किन बिहे भएन भन्ने प्रश्नको सामना गरिरहेका हमाललाई आजभोली भने अर्को एउटा प्रश्नले तनावमा पार्ने गरेको छ ।

सकेसम्म मिडियासँग दुरी राखेर हिड्ने हमालले दिने प्रश्नको जवाफ शैली पनि अचम्मको छ । ४ वर्ष अघि बिराटनगरकी मधु भट्टराईसँग लामो समयको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका ५५ बर्षिय हमालले बास्तवमा किन सन्तान जन्माउने सोचेका छैनन त रु हालै कान्तिपुरका रामजी ज्ञवालीसँगको कफि गफमा उनले यो प्रश्नको जवाफ दिएका छन् ।

हिजो तपाइहरुलेनै निरन्तर किने विहे भएन भने वाक्क पार्नुभयो, विहे गरियो अहिले फेरी अर्को प्रश्नले तनावमा पार्नुभयो, लामो हाँसोकाबिच हमालले भने, ‘बास्तवमा यो विषय मेरो श्रीमती मधु र मेरो नितान्त व्यक्तीगत निर्णय हो, सोहि कारण अहिले भ्रर्खरै बच्चा जन्माउने निर्णय नगरेका हौैं ।’ हमाल पत्नी मधुले कहिलेकाहि बच्चाको आशा त पक्कै राख्छिन् होला ।

अभिनेता हमाललाई पनि बा बन्ने इच्छा त मरेको छैन होला । तर, उनले सन्तान जन्माउने विषयमा अहिले भ्रर्खरै केहि पनि कल्पना नगरेको जवाफ दिएर पन्छिए । तर हमालले सवै दम्पत्तीले आफुले जस्तै वच्चा नजन्माएर बस्न नहुने तर्क राख्छन् । ‘मधु र मेरो विचार अनुसार अहिले भ्रर्खरै बा–आमा नबन्ने सोचेका हौं, मलाई लाग्छ मधुलाई सायद सन्तानको पिरलो छैन जस्तो लाग्छ’, हमालले भने ।

हमालले आफ्नो एकल निर्णयले दाम्पत्य जिवन नचल्ने र श्रीमती मधुले चाहना नगरेसम्म बच्चा नजन्माउने बताए । यो उमेरमा पनि बच्चा नजन्माउदा धेरैलाई अचम्म लाग्न सक्छ, उनले थपे, ‘एउटा परिपक्क उमेरमा हरेक दम्पत्तीले बच्चा जन्माउनैपर्छ, सायद हामी पनि कसैका अभिभावक त बन्नेछौं, तर अहिले यो डिसिजन गरेका छैनौं ।’

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट