सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
एजेन्सी : मन्दिरलाई सुन्दर बनाउनका लागि त्यसमा सुन, चाँदीको जलप लगाउनुका साथै विभिन्न सिंगमर्मरको प्रयोगले यसलाई टिलिक्क बनाइन्छ । यस्तो हामीले नेपाललगायत भारतका विभिन्न प्रसिद्ध मन्दिरमा देखेका छौं । तर बियरको बोतल प्रयोग गरेर पनि मन्दिर बनाइएको छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । थाइल्याण्डमा यस्तै मन्दिर छ । यहाँ बौद्ध भिक्षुहरुले बियरको खाली बोतलको प्रयोग गरेर निकै आकर्षक मन्दिर बनाएका छन् ।
थाइल्याण्डको सिस्केटमा केही बौद्ध भिक्षुहरुले करिब १० लाख बियरको बोतललाई जम्मा गरी यो मन्दिर बनाएका हुन् । मन्दिरको नाम ‘वात पा माहा चेडियो काइउ’ रहेको छ ।
प्रयोगविहिन बोतललाई कसैले मन्दिर निर्माण गर्छन् भनेर मानिसहरुले सोच्न पनि सक्दैनन् त्यसकारण यसलाई हेर्न मानिसहरु देशका विभिन्न कुनाबाट आउने गर्दछन् ।
मन्दिरको वरिपरिको भागमा समेत बियरको बोतल लगाइएको छ भने यहाँ बनाइएका शौचालयमा पनि बियरकै बोतल टाँसिएका छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका