अब सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन हुने

साउन २४, २०७६

काठमाडौं –केहि समय अघि शैनिकका छोराछोरी र केहि हुनेखानेका  छोराछोरी पढदै अएका सैनिक विद्यालयहरुमा पढाईसगै अन्य अतिरिक्त क्रियाकलापहरु राम्रो हुने भएको हुदा सैनि विद्यालय प्रति धेरैको धारण सकारात्मक  छ ।त्यसैले पनि होला अहिले सिमित जिल्लामा मात्र सञ्चालनमा आएका सैनिक विद्यालय नेपाली सेनाले सबै जिल्लामा संञ्चालन गर्ने भएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरि सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कूलहरुको स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्र्तगत महोत्तरीको बर्दिवासमा स्कूल निर्माण कार्य सम्पन्न भईसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए ।

उनले सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकुँन भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा Empanel School व्यवस्था गर्ने योजना रहेको बताए ।निर्देशनालयले कोष अन्र्तगत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाईमा नविनतम् प्रविधिको प्रयोग गरि सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टर लगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा Language Lab को व्यवस्था गर्ने योजना पनि अघि सारेको छ ।

निर्देशनालयले काठमाडौं उपत्यका भित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वर विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ ।वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरुलाई कोषले २०३४ साल देखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी शिक्षा तथा सीप र स्वरोजगार मुलुक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले संचालन गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट