ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घट्यो

भदौ १६, २०७३

काठमाडौं : नेपाल आयल निगमले चाडबाडलाई लक्षित गरेर ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ भाउ घटाएको छ। १ हजार ३ सय ७५ रुपैयाँबाट ५० रुपैयाँ घटेपछि अब उपभोक्ताले १ हजार ३ सय २५ रुपैयाँमा ग्यास पाउने निगमका प्रवक्ता भानुभक्त खनालले बताए।

lpg-gas-cylinderकेही दिनअघि आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि ग्यासमा ५० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएको थियो। मन्त्रालयले असोज १ बाट घटाउन निर्देशन दिएको भए पनि निगमले बिहीबार राति १२ बजेदेखि नै लागू हुनेगरी मूल्य घटाउने निर्णय गरेको हो।

निगमले ग्यास सिलिन्डरमा १ सय ११ रुपैयाँ ७५ पैसा नाफा राखेर बेच्दै आएको थियो। अब निगमलाई प्रतिसिलिन्डर ग्यासमा ६१ रुपैयाँ ५० पैसा नाफा रहने छ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको