विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ ६५ हजार घुस सहित पक्राउ

चक्र प्रसाद पोख्रेल भदौ १, २०७६

काठमाडौं -पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताए ।शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट