यसरी आउँदैछ नयाँ रोग, सिधै मस्तिष्कमा आक्रमण

भदौ २१, २०७३

हावामा रहेको प्रदुषणको ससना कण मानिसको मस्तिष्कसम्म पुग्ने गरेको एक अनुसन्धानबाट पत्ता लागेको छ । आइरन अक्साइडसहितका विषालु कण मानिसको मस्तिष्कमा भेटिएको हो । यस्ता कणले अल्जाइमरसहितका रोगको खतरा बढाउने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । बेलायतको ल्यानकेस्टर विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानको क्रममा वायु प्रदुषणका कारण धुलोको कणबाट ससाना कण मानिसको मस्तिष्कसम्म पुगेको देखिएको हो ।यसअघि भएका धेरै अनुसन्धान वायु प्रदुषणका कारण मानिसको फोक्सो तथा मुटुमा पर्ने प्रभावमा केन्द्रित थिए । तर यो अनुसन्धानले चुम्बकीय गुण भएका ससाना कण मानिसको मस्तिष्कसम्म पुग्ने प्रमाण फेला पारेको हो । यस्ता चुम्बकीय कण वायु प्रदुषणका कारण बन्ने गरेको हुन् ।

३७ जनाको मस्तिष्कको तन्तुको अनुसन्धानमा चुम्बकीय गुण भएका कण फेला परेको प्रमुख अनुसन्धानकर्ता ल्यानकेस्टर विश्वविद्यालयका प्राध्यापक बारबारा माहरले बताउनुभयो । अनुसन्धान गरिएका मध्ये २९ जना मेक्सिको सिटीका तीन देखि ८५ वर्षका व्यक्तिको मस्तिष्कको तन्तु हो । यस्तै बाँकी ८ जना म्यानचेस्टरका ६२ देखि ९२ वर्षसम्मका व्यक्तिको मष्टिस्कको तन्तु हो ।

मस्तिष्कमा भेटिएका कणको आकार एउटै रहेको वैज्ञानिकले बताएका छन् । यस्ता कणले मानिसको मस्तिष्कको काममा अवरोध गर्ने गरेका छन् । वायु प्रदुषणका कारण हरेक वर्ष विश्वमा तीस लाख जनाको ज्यान जाने गरेको विश्व स्वाथ्य संगठन डब्लुएचओले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको