बाल कलाकारको रुपमा चर्चा बटुल्दै प्रिन्स

भदौ १३, २०७६

काठमाडौँ- सानैबाट  नृत्य/ अभिनयमा रुचि राख्ने प्रिन्स प्रसिद्ध सिंह थापाको प्रतिभाको यतिबेला चौतर्फी चर्चा भइरहेको छ ।

उनको अभिनय देखेर दर्शक आश्चर्यचकित भएका छन् । ८ बर्षे यि बालक यतिबेला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएका छन् ।बालकलाकार थापाले अभिनय गरेको फिल्म ‘भोक’ चलचित्र प्रदर्शनको तयारीमा रहेको छ ।सडक बालबालिकाको कथामा आधारित चलचित्र प्रिन्सले टुहुरो बालकको अभिनय गरेका छन् । उनको अभिनयले जोकोहीलाई भावुक बनाउँछ।

चलचित्र हेरिसकेपछि कमलो मन भएका दर्शकहरुले आँसु झार्न बाध्य हुन्छन् । अनिल बीडीआरले निर्देशन गरेको चलचित्रले सडक बालबालिकाको अवस्थालाई जस्ताको त्यस्तै उतारेका छन् ।उनले केही विज्ञापन र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् ।प्रिन्सले कामसँगै घरबाट पाएको पकेटमनी बचाएर सडक बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

प्रिन्स कक्षा ३ मा अध्ययन छन् । हुने विरुवाको चिल्लो पात भनेझैं कवि प्रकाश कार्कीले भने अद्वितीय प्रतिभा देखेर देशका लागि उनी गहना भएर उपस्थिति हुने सम्भावना देखिएको समेत बताए ।चलचित्र भोक ’लाई मोडेल तथा भिजे सबनम चौधरी’ले लेखेकी हुन् । उक्त चलचित्रलाई सडक बालबालिका’को यथार्थ कथा विषयवस्तुमा चित्रण गरेको चौधरीले बताइन् ।

यो सानो उमेरमा उनको कलाप्रतिको लगावको सबैले चर्चा गरिरहेका छन् । उक्त चलचित्रमा छायांकन सम्पादन अनिल बहादुर’को रहेको छ।प्रिन्सबाट प्रभावित भएर अन्य निर्देशकहरूले पनि अभिनयका लागि अफर गर्न थालेका छन् ।उनले केही समय अगाडी खुल्ला सञ्चारले आयोजना गरेको कोपिला कार्यशालामा बेजोड प्रस्तुती समेत दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट