अमिताभले के लेखे नातिनीलाई चिठ्ठीमा ?

भदौ २१, २०७३

बलिउड अभिनेता अमिताभ बच्चनले लैङ्गिक विभेद र महिलामाथि हुने गरेका हिंसाको विषयमा आफ्ना दुई नातिनीलाई सम्बोधन गरेर चिठ्ठी लेखेका छन् । आफ्ना दुई नातिनी आराध्या र नाव्यालाई अमिताभले संयुक्त पत्र लेखेका हुन् । आराध्या अभिताभका छोरा अभिषेक र बुहारी ऐश्वर्याकी छोरी हुन् भने नाव्या छोरी श्वेता नन्दाकी छोरी हुन् ।

अभिताभले आफूले दुई नातिनीका लागि खेलेको चिठ्ठी पढेको भिडियो बनाएर ट्वीटरमा पनि पोष्ट गरेका छन् । र यो चिठ्ठी आराध्या र नाव्या जस्ता सबै नातिनीहरुका लागि भएकाले उल्लेख गरेका छन् ।

चिठ्ठीको भिडियो

चार बर्षकी आराध्यालाई सम्बोधन गर्दै अमिताभले लेखेका छन् ‘तिमिले यो चिठ्ठी कहिले देख्छ्यौ मलाई थाहा छैन, तर चिठीमा उल्लेखित सन्दर्भ अहिले अर्थात सन् २०१६ मा जे देखियो त्यसमा आधारित छ ।’

उनले लेखेका छन् ‘आफ्नो इच्छा अनुसार आफ्नो निर्णय आफै गर्नु, अरुले के भन्लान भन्ने चिन्ता नगर्नु ।’ उनले आफ्नो थरका आधारमा पाएको विशेष सुविधालाई स्वीकार नगर्न पनि उनले आग्रह गरेका छन् ।

अमिताभले नातिनीका लागि लेखेको चिठ्ठी


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

के हो हाइपर फन्ड …. ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ।