सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं : दुबईमा सेक्युरिटी गार्डका रुपमा लगिएका ३० जना नेपाली दयनीय स्थितिमा बाँच्न बाध्य बनेका छन् । ११ महिनाअघि दुबई पुगेका उनीहरुले शुरुवातदेखि सम्झौता गरे अनुसारको तलब नपाएको र पछिल्लो ४ महिनादेखि तलबनै नपाएको बताएका छन् ।
नेपालस्थित हिमारब ओभरसिज र एन.सि.एफबाट ३० नेपाली सेक्यूरीटी गार्डलाई दुवईको लिडर सेक्यूरीटी गार्डमा पठाइएका थिए ।
नेपालबाट पठाइनअघि २६ दिन १२ घण्टाको दरले काम गरे १७८१ दिराम र ३० दिन काम गरेमा २०८१ दिराम दिने सम्झौता भएको थियो । तर, सम्झौता अनुसार को रकम नदिई कहिले २००–३०० कहिले ९००–१२०० मात्र दिएको पीडित मिङमा तामाङ वताउँछन् ।
कम्पनीसँग सम्झौता गरेको रकम माग्दा पनि स्थानीय गुण्डा ल्याएर क्याम्पमा आएर धम्क्याउने गरेको तामाङले बताए ।हाल आएर ४ महिना देखि कम्पनिले १ दिराम पनि नदिएको र यस विषयमा महिना अघिनै युएईस्थित नेपाली दुतावासमा जानकारी गराए पनि दुतावासले कुनै निकास ननिकालेको उनीहरुको गुनासो छ ।
लेवर कोर्टले पनि पटक–पटक म्याद मात्र थपेको र अहिले लेवर कोर्ट जानसम्म पैसा नभएको पीडित कामदारहरुले बताएका छन् । ‘हामीसँग खानाको लागि समेत रकम सकिन लाग्यो,’ तमाङले भने ।
आफूहरुको अवस्था नाजुक वन्दै गएकाले चाडो भन्दा चाडो उदार गरी नेपाल फिर्ता गरि दिनुहुन सम्बन्धित निकायहरुमा आग्रह गरेका छन् । अझै पनि नेपालबाट उक्त कम्पनीमा कामदारहरु पठाइरहेको हुँदा त्यसलाई पनि समस्या समाधान नभएसम्म रोक्न उनीहरुले सरकारसमक्ष आग्रह गरेका छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका