खुल्ला सञ्चार तीज विशेष कार्यक्रम सम्पन्न : उद्घोषण कार्यशालामा ५०% छुट

रेनु गहतराज भदौ १८, २०७६

काठमाडौँ – हरितालिका तिजको अवसर पारेर खुल्ला सञ्चारले काठमाडौंको सिफलमा आयोजना गरेको खुल्ला सञ्चार तिज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

समयसमयमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको नयाँ बानेश्वरको थापागाउँमा अवस्थित खुल्ला सञ्चारले महिलाहरुको लागि आयोजना गरेको सो कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने महिलाहरुलाई रु. ५,००० बराबरको नमस्ते र एनसेलका रिचार्जकार्ड पुरस्कार समेत प्रदान गरेको थियो । कार्यक्रममा महिलाहरुको मात्र नभएर पुरुषहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंक र कुमारी जापानिज ल्याङग्वेज स्कुल रहेको थियो । सहयोगीको रुपमा भने एनएन कम्प्युटर, सुन्धारा टेलिकम, वल्र्ड अफ हेयर ब्युटी सैलुन एण्ड मेकअप स्टुडियो, पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि. रहेका थिए । त्यस्तै मारवाडी सेवा समितिले नि:शुल्क रुपमा ५० जार पिउने पानी उपलब्ध गराएको थियो । कार्यक्रमको सञ्चालकको भुमिका अनिल सुनाम र भुवन गुरागाईँले गरेका थिए ।

खुल्ला सञ्चारले तीजको अवसर पारेर जोकोहीलाई उद्घोषण तालिममा ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । उद्घोषण कार्यशाला चाँडै सञ्चालन हुन लागिरहेको लागिरहेको साथै तीज र दशैँ अफरमा छुट प्रदान गरिएको संस्थाका अध्यक्ष तोताद्री नारायण हेजुले बताए ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट