लसुन खेतीको परिचय र जातको छनोट

भदौ २२, २०७३

लसुन चिसो मौसममा तराईदेखि हिमालसम्म लगाइनेएक मसला तथा नगदे बाली हो । यसको पात, डाँठ र गानो विभिन्न परिकार बनाउनप्रयोग गरिन्छ । यसले खानामा स्वाद बढाउनुका साथै स्वास्थ्यमा समेत राम्रोकाम गर्दछ ।

garlic-2012-868x400wलसुन खेतीको परिचय र जातको छनोट 

लसुनको पोटी वा केस्रा अपच, अजीर्ण, ग्यास्ट्रिक तथा उच्च रक्तचाप आदिमा औषधीको रुपमा प्रयोग गरिन्छ ।

 – लसुन बालीको लागि मलिलो, बलौटे दोमट माटोका साथै पानीको राम्रो निकासभएको तथा पारीलो एकनासले घाम लाग्ने जग्गा उपयुक्त हुन्छ ।

– लसुन हालसम्म चाइनिज र स्थानीय जात गरी दुई प्रमुख जातहरुमा उपलब्ध छन् ।चाइनिज लसुनको गानो ठूलो हुनुका साथै तुलनात्मक रुपमा उत्पादन पनि बढीहुन्छ तर यो जातको लसुन औषधिको दृष्टिकोणले कम महत्वपूर्ण मानिन्छ ।

– स्थानीय जातको लसुनको केस्रा सानो हुने हुँदा बढी स्वादिलो रपौष्टिकतत्वहरु पनि पर्याप्त मात्रामा पाइन्छ । यसलाई औषधिको दृष्टिकोणलेसमेत बढी प्रयोग गर्ने गरिन्छ ।

लसुन लगाउने समय र बीउको दर 

– चाइनिज जातको लसुन पहाडी भेगमा असोज महिना र उच्च पहाडी तथा हिमाली भागमा असोज, कार्तिक र फागुन महिनामा लगाउने गरिन्छ ।

– स्थानीय जातको लसुन तराईमा कार्तिक महिना, मध्य पहाडी भागमा असोज–कार्तिकमहिना, उच्च पहाडी भागमा असोज–कार्तिक महिना र हिमाली भेगमा कार्तिक रफागुन महिनामा लगाउन सकिन्छ ।

– लसुनको बीउदर लगाउने दुरीको आधारमा निर्धारण हुने गर्दछ । तर सामान्यतयास्थानीय जातको लसुन १२ देखि १५ के.जी. प्रतिरोपनी आवश्यक पर्दछ । यसैगरीचाइनिज जातको लसुन २५ देखि ३० के.जी. प्रतिरोपनीका दरले बीउको आवश्यकतापर्दछ ।

– बीउदरको सन्र्दभमा सामन्यतया लसुनको केस्राको हिसाब गर्दा प्रतिरोपनीको लागि करिब १५००० केस्राको आवश्यकता पर्दछ ।

लसुन खेतीको गोडमेल र मलखाद व्यवस्थापन 

– लसुनका लागि जग्गा तयारी गर्दा उपयुक्त प्रविधिबाट माटोको उपचार गर्नुपर्दछ । यसका लागि तोरीको पिना वा चिउरीको पिना १० के.जी., वेभिष्टिन पाउडर२०० ग्राम र डर्सवान मालाथेन पाउडर १ के.जी., २० के.जी. गोबरमलमा मिसाइप्रतिरोपनीका दरले जोतेर माटोमा मिसाउनु पर्दछ ।

– जमिनको अन्तिम तयारी गर्दा गोबरमल १५०० के.जि., डि.ए.पि. १२ के.जी., पोटास१० के.जी. र जिङ्क १ के.जी. प्रतिरोपनीका दरले माटोमा मिसाउनु पर्दछ ।यसका साथै बोट उम्रे पछि टपडे«सिङ्गका रूपमा युरिया मल पनि प्रयोग गर्नुपर्दछ ।

– जग्गा तयारी गरिसके पछि पोटी रोप्नु भन्दा पहिले लसुनको पोटीलाई २ ग्रामसाफ वा वेभिष्टिन पाउडर प्रतिलिटर पानीमा तयार पारिएको झोलमा ३० मिनेटसम्मडुवाइ उपचार गर्नु पर्दछ र डुबाएको पोटीलाई ओझेलमा वा शीतलमा सुकाएर मात्ररोप्नु पर्दछ ।

– लसुन बाली लगाउन जग्गा २५ देखि ३० से.मि. गहिरो हुने गरी ३/४ पटक खनजोत गर्नु पर्दछ ।

– लसुनको केस्रा लगाउँदा लाइनदेखि लाइनको दुरी २० से.मि. र पोटीदेखी पोटीकोदुरी १५ से.मि.को फरकमा रोप्नु पर्दछ । तर ठूला खालका पोटी उत्पादनगर्नुपर्ने भएमा भने लाइनदेखि लाइन र पोटीदेखि पोटीको दुरी २० से.मि. कोफरकमा रोप्नु पर्दछ ।

– युरिया ५ के.जी. प्रतिरोपनी जग्गामा केस्रा अर्थात् पोटी लगाएको ४० देखि ५० दिन भित्र टपड्रे्रिसङ्ग गर्नु पर्दछ ।

– युरिया ५ के.जी. प्रतिरोपनीका दरले पोटी रोपेको ७० देखि ८० दिन भित्रटपड्रे्सिङ्ग गर्नु पर्दछ । यसैगरी पुनः ५ के.जी. युरिया प्रतिरोपनीमा गानोबन्ने समयमा पनि टपड्रे्सिङ्ग वा साइड्रे्सिङ्ग गर्नु पर्दछ ।

– लसुन रोपेको ३० दिनमा एकपटक, ६० दिनमा अर्कोपटक र ९० दिनमा  पुनः गरी ३पटक म्याग्नेसियम सल्फेट १ ग्राम प्रतिलिटर पानीका दरले मिसाइ छर्नु पर्दछ ।ड्ड गाईभैँसीको पिसाब जम्मा गरी १ भाग पिसाबमा १० भाग पानी मिसाइ १५/१५दिनको फरकमा ६÷७ पटक छर्दा लसुनलाई आवश्यक पर्ने सल्फरको मात्रा सजिलैसँगपरिपूर्ति हुन्छ ।

——————————————-

भौगोलिक क्षेत्र                     बीउ रोप्ने समय                         बाली टिप्ने समय

उच्च पहाड

५०००—७००० फिट              फागुन — चैत्र                           भदौ — असोज

मध्य पहाड

३००० — ५००० फिट           भदौ — कार्तिक                         बैशाख — जेष्ठ

तल्लो पहाड

३०००—५००० फिट              कार्तिक — मङ्सिर                  बैशाख — कातिर्क

तराई

१००० फिट                         कार्तिक — मंसीर                     बैशाख— कातिक

————————————————–

लसुन खेतीको गोडमेल र सिँचाइ 

 – लसुन बालीमा झारपातको निकै समस्या हुन्छ । बेर्ना बाक्लो हुनेगरी सार्नुपर्ने हुँदा धेरैपटक झारपात हटाइ गोडमेल गर्दा बिरुवालाई बाधा पुग्नेगर्दछ । तसर्थ लसुन बालीमा गोडमेल सावधानी पूर्वक गर्नु पर्दछ ।

– लसुन खेती गर्दा खेती अवधिभर ३÷४ पटक गोडमेल गर्नु आवश्यक छ तर झारको मात्रा र अवस्था हेरी कम वा धेरैपटक गोडमेल गर्न सकिन्छ ।

 – लसुन बाली अवधिभर माटो खुकुलो राख्नु पर्दछ । यदि माटो खुकुलो नरहेमामाटोको माथिल्लो सतह जमेर कडा हुन जान्छ, जसले गर्दा एउटा बोटमा एउटागानोको बदला गानो फुटेर धेरै र साना गानाहरु बन्न पुग्दछन् । यसले लसुनकोउत्पादनमा गुणस्तर तथा परिमाणमा नकारात्मक प्रभाव पर्दछ ।

– लसुन बालीमा पहिलो सिँचाइ बेर्ना सार्ना साथ दिनु पर्दछ भने त्यस पछिकासिँचाइहरु आवश्यकतानुसार मौसमको अवस्था, माटोको किसिम र बालीको उमेर हेरीगर्नु पर्दछ ।

लसुन खेतीमा लाग्ने रोग कीरा र तिनको व्यवस्थापन 

– लसुन रोप्नुभन्दा पहिले सयपत्री फूलको बिरुवा रोपेर यसलाई हरीयो मलकोरूपमा प्रयोग गर्दा रोग कीराहरू लाग्ने सम्भावना ज्यादै न्यून हुन्छ रयसैगरी माटोको उपचार, स्वस्थ बीउको प्रयोग, आवश्यक मलखाद,

नियमित गोडमेल तथा सिँचाइको व्यवस्थापनले रोग कीरा ज्यादै कम लाग्दछ ।

– लसुन बालीसँग कालो तोरी वा अन्य तोरी जातहरूका बिरुवाहरू लगाउँदा पनि रोग कीराहरुको रोकथाम गर्न सकिन्छ ।

– लसुनमा लाग्ने मुख्य कीराहरुमा सुलसुले, लाही र थ्रिप्स हुन् । यीकीराहरुले बोटबिरुवाको हरियो पात चुसेर र चपाएर ठूलो क्षती पु¥याउँने गर्दछ। यी कीराहरुको नियन्त्रण गर्न गाईभैँसीको पिसाव भाँडोमा जम्मा गरी ७

दिनसम्म कुहाउने र यसमा पिसाब बराबरको पानी मिसाएर ४ देखि ५ पटकसम्म ४ देखि ५ दिनको फरकमा छर्नु पर्दछ ।

– कीराको प्रकोप धेरै भएमा रासायनिक विषादीहरू क्याराथिन वा सल्फरको धुलो १ग्राम प्रतिलिटर पानीमा मिसाइ ४ देखि ५ दिनको फरकमा २ पटक छर्नाले सुलसुलेकीराका साथै अन्य कीराहरुको पनि नियन्त्रण हुन्छ  – लाही र थ्रिप्स कीराकोनियन्त्रण गर्न सुफोज वा रोगर २ एम.एल. प्रतिलिटर पानीमा मिसाएर छर्नुपर्दछ ।

–  लसुन बालीमा मुख्य गरी ढुसीजन्य रोगहरुको प्रकोप पनि बढी देखिन्छ । पातमा कालो/खैरो डढुवा रोग,

बैजनी रङ्ग देखापर्ने सिन्धुरे जस्ता लक्षण देख्नासाथ साफ वा क्रिलोक्सिलगोल्ड २ ग्राम प्रतिलिटर पानीमा मिसाएर ७/७ दिनको फरकमा छर्नु पर्दछ ।

–  तापक्रमको विषमताले गर्दा भाइरल रोग देखा पर्न सक्ने भएकोले बेर्ना २देखि ३ पात आए पछि १५/१५ दिनको फरकमा १० एम. एल. गाईभैँसीको दूध १ लिटरपानीमा मिसाएर छर्दा पनि यसको नियन्त्रण गर्न सकिन्छ ।

लसुन टिपाइ (भित्र्याउने) र बजार व्यवस्थापन :

– लसुन बाली राम्रो भएको खण्डमा प्रतिरोपनी उत्पादन५०० देखि ६०० के.जि.सम्म हुने गर्दछ ।

– सामान्यतया लसुन लगाएको ६ देखि ७ महिना पछि बाली थन्क्याउने बेला हुन्छ ।लसुन परिपक्व भए पछि पात र डाँठ पहेलिएर खैरो भएको अवस्थाले लसुनको पोटीखन्ने बेला भयो भन्ने सङ्केत बुझ्नु पर्दछ ।

– लसुन खन्दा पोटी नछुट्टिने गरी हातले बोट तान्ने र सफागरी पात बाँधेर झुप्पा पारी १ हप्तासम्म छायाँमा

सुकाउनु पर्दछ । यसरी सुकाउने प्रक्रियालाई क्युरिङ् भनिन्छ ।

– लसुनलाई १ हप्ता जति क्युरिङ् गरिसके पछि लसुनको पात र डाँठ काटेर हटाउनु पर्दछ र यसलाई हल्का

हावा लाग्ने शीतल, घाम नलाग्ने कोठामा फिँजाएर भण्डारन गर्नु पर्दछ ।

– उत्पादित लसुन सफा गरी, सानो÷ठुलो र रङ्गको आधारमा वर्गीकरण गर्नु पर्दछ ।यसरी वर्गीकरण गरेको लसुनलाई जालिदार झोला वा बोरामा प्याकिङ् गरी बजारमाढुवानी गर्नु पर्दछ, जसले गर्दा ग्राहकहरूलाई आकर्षित गर्दछ ।

– प्रायः लसुन वर्षैभरी बिक्रीवितरण गर्ने गरिन्छ तर भाद्रदेखि असोजमहिनासम्म उत्पादन गरी बजारमा पु-याउन सकेको खण्डमा लसुनको राम्रो मूल्यपाइन्छ ।

– लसुनलाई बजारमा बिक्रिवितरण गर्नु भन्दा पहिले सम्भावित बजार र यसका अवसरहरुको विश्लेषण गर्नु राम्रो मानिन्छ l


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज