सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
बिहान उठेर धुने मुख दिउँसो तिर धुन थाल्यो,
गीत हो कि कविता हो खै भाँडा बजाई रुन थाल्यो !
कम्मरमा बस्ने पाईन्टले खसेर घुँडा छुन थाल्यो,
यस्तै छ हिजोआज हेर्ने लाई लाज हुन थाल्यो !!
भन्दा सक्कली भने पनि सुनका नक्कली चुरा छन्,
मुखले भन्छन् कठैबरि भित्र रोप्ने छुरा छन् !
काम सिन्को भाँच्ने हैन ठुला ठुला कुरा छन्,
हेर्ने लाई लाज हुन थाल्यो डेटिङ जानेका २,४ वटा भुरा छन् !!
धर्म कर्ममा छैन ईच्छा डिस्को र बारमा धाउँन थाल्याछन्,
ताल सुर फेद टुप्पै नमिल्ने गीत गाउन थाल्याछन् !
लामखुट्टे आउँदा ओढ्ने झुल हिजोआज जिउमै लाउन थाल्याछन् ,
हेर्ने लाई लाज हुन थाल्यो फेसबुकमा नाङ्गो फोटा आउन थाल्याछन् !!
कति राम्रो बन्नु पर्या हो पचास थरि घस्न थाले,
बस्न उठ्नै नमिल्ने गरि लुगा जिउमै कस्न थाले !
लाज सरम हराएछ जोल्ठिएर पो बस्न थाले.
हरे हेर्ने ले कता हेरुन दिऊँसै बुट्टामा पस्न थाले !!
– बद्री ढुंगेल
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका