शिक्षक र छात्राको भिडियो युट्युबमा लिक भएपछि छात्राले गरिन् आत्महत्या (भिडियोसहित)

अशोज १, २०७६

ट्युसन पढाउने शिक्षक र छात्राको पार्कको भिडियो लिक भएपछि छात्राले आत्महत्या गरेकी छिन् । शिक्षक र छात्रा पार्कमा डेटिङ बसेको देखेपछि त्यही कक्षाका विद्यार्थीहरुले भिडियो खिचेर र युट्युबमा हालेका थिए ।


यो घटना भने लघुचलचित्र “ट्युसन क्लास”को हो । समाजमा हुने गरेका वास्तविक घटनालाई लघुचलचित्र ट्युसन क्लासमा उतारिएको छ । खुल्ला सञ्चारको प्रस्तुतिमा बनेको यस लघुचलचित्रले खराब शिक्षकको नियतमाथि प्रश्न उठाएको छ भने युट्युवरबाट कुनैपनि व्यक्तिमाथि पर्ने असरलाई पनि संवेदनशील ढंगले उठाएको छ ।

सञ्चारकर्मी मोहन अभिलाषीले लेखेको कथालाई इरेश हमालले निर्देशन गरेका छन् । सामाजिक चेतना बोकेको लघुचलचित्रमा नाटककार चन्द्र पाण्डे, शोभा लिम्बु, मोहन श्रेष्ठ, चक्र प्रसाद पोख्रेल, रेनु गहतराज, सरला राई लगायतको अभिनय रहेको छ । फिल्मको छायाङकन गणेश केसीले गरेका हुन् भने भिडियो सम्पादन मोहन श्रेष्ठले गरेका हुन् ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट