समाजसेवामा सधैँ अगाडी प्रल्हाद बस्नेत

भदौ २३, २०७३

आमा सानुमैया बस्नेत र बुवा ध्रुब बहादुर बस्नेत को कोखबाट वि. सं. २०२७ साल भाद्र ७ गते काठमाडौ जिल्ला आलापोट गा. बि. स. वार्ड नं ३ आकासीटारमा जन्मिएका हुन् समाजसेवी प्रल्हाद बस्नेत । उनले आफ्नो स्कुले जीवन श्री आदर्श मा. बि. भद्रबासमा बिताएका हुन् । र उच्च शिक्षा हाँसिल गर्ने सिलसिलामा काठमाडौँको चावहीलमा रहेको पशुपति बहुमुखी क्यामपस बाट आई. ए. सम्मको अध्ययन पुरा गरेका थिए ।14248835_1020033468065545_650500409_n

२०४५ सालमा उनले सरकारी नोकरी समेत पाएका थिए । २०४७ सालमा उनले भगवान युवा क्लब नाम गरेको गैर सहकारी संस्था गठन गरेर सामाजमा रहेका बिकृति, बिसंगती, शिक्षा, खेलकुद, स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्नुका साथै अन्य सामाजिक कार्य पनि गर्दै आएका छन् । 14281403_1020092404726318_473297515_n२०५४ साल देखि महिला शशक्तिकरण कार्यक्रम लिई अहिले काभ्रे, सिन्धुपालाचोक, भक्तपुर र काठमाडौ क्षेत्रमा महिला माथि हुने घरेलु हिंसा हटाउन चेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । बिरामीहरुको उपचारको लागि बिभिन्न स्थानहरुमा उनले स्वास्थ्य शिबिर पनि सञ्चालन गर्दै आएका छन् ।

 बिभिन्न समस्या, बाधाहरु पन्छाउदै आफ्नो बाँकि जिवन सामाजिक कार्यमा समर्पन गर्ने उनको लक्ष्य रहेको छ ।

प्रस्तुती : अजय आँशु


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको