कामरेट शब्दको दुरुपयोग : प्रवेश न्यौपाने

अशोज ७, २०७६

काठमाडौं- मान्छे जन्मीन्छ विचारधारा, आस्था र सिद्धान्त जन्मीन्छन । हरेक व्यक्तीहरु क्षमताले केहि गर्ने साहसले उसको व्यावहारलाई निर्धारण गर्छ । कोहि कसैको सिदान्तलाई स्वीकार गर्नु नगर्नु त्यो उसको आफ्नो व्याक्तीगत स्वतन्त्रा भित्र पर्छ । मान्छे आफैमा कुनै प्रभावकारी सिदान्तको प्रतिपादन गर्छ र त्यो सर्वहारा वर्गको हित र उन्नतिको लागी हुन्छ भने त्यो शासनलाई कम्युनिष्ठ भनिन्छ ।

विश्व विख्यात व्याक्तीत्वहरु माक्स,लेनीन र स्टालीनहरुको प्रतिपादीत सीद्धान्त हो उनीहरु कुशल र कुबिचार हीन कम्युनिष्टजमका निडर नेतृत्व र्वगमा पर्दछन । अहीले विश्वमा केहीभाग,  अडेकोछ जसको फलस्वरुप देशहरु विकासको अग्रगतीमा लम्कीरहेका छन । कम्यनिष्ट बिचारलाई अगाल्ने देशहररुको सर्वसाधारण, गरीब, दुःखी, मजदुर सम्पूर्ण वर्गको समग्र विकास भइरहेको वर्तमान अवस्थामा देखीन्छ ।

कम्युनिष्टहरु आधुनिक इतीहासका सबभन्दा अग्रगामी हुन । आज विश्वलाई फेर्ने अभीभारा कम्युनिष्टमा हुनुपर्छ र परिर्वतनको शक्ती पनी बन्न सक्नु पर्छ । प्रतीक्रान्तिकारीहरुको विरुद्ध अर्थक संघर्ष गरेर नै कम्युनिष्टहरु विश्वलाई फेर्छन र स्वयम आफु पनि फेरीन्छन ।
त्यस्तै कम्युनिष्ट शासनको अभ्यास गरीरहेका देशहरु भित्र नेपाल पनि पर्छ ।

लामो समय देखी क्रान्त्रि गरेर हजारौ सर्वसाधारणहरुले आफ्नो ज्यानको बली दिएर कम्युनिष्ट सीद्धान्तलाइ लागु गर्नु थियो र आम सर्वसाधारण गरीब दुःखी मज्दुर वर्गले त्यो कामलाइ सम्भव बनाए पनि तर दुर्भाग्य बस त्यसको नेतृत्व गर्ने वर्गमा सर्वसाबधारणले उनीहरुलाइ जसरी पनी साशन तहमा कम्युनिष्ट पुर्याउनु थियो र पुर्याए पनी अब र्सबहकरा वर्गको हीत होला भन्ने झीनो अभीलाषा राखीयो तर कम्युनिष्टको नेतृत्व गर्ने वर्ग भने कच्चा परेको रहेछ भन्ने कुराको हेक्का आजका दिनमा आएर भएको छ ।

कम्युनिष्टको खोल ओडर र्सवसाधारण जनतालाइ लुट मचाही रहेका र आफुलाई नामको अगाडी कामरेड भनेर सम्बोधन गरीरहेका त्यस्ता कम्युनिष्टको उदय भयो । जनताको चाहना वर्तमान माग र आवश्यकतालाई साथमा राखेर श्रमजिबी वर्गको हितको लागि नेतृत्व गर्ने रक्षक भएर गएका कम्युनिष्टहरु आफै भक्ष्यक जस्तो देखीन थालेका छन ।

हरबखत र खास गरी राजनितीक सत्ता हत्याएपछी क्रान्तिकारी व्यावहारमा मन्थन हुनु र आत्मा विकास गर्नु तथा सर्वहारा वर्गिय बिचारधारा द्धारा मन्थन हुनु र आत्मा विकास गर्नु प्रत्येक कम्युनिष्टको नीमीत अती आवश्यक कुरा हो तर नेपालमा उदय भएका कम्युनिष्टहरु त्यस्को उल्टो अर्थात विपरीत देखिएका छन । आफ्नो नीजी हीतभन्दा माथि उठेर लाग्दैनन् र कार्यकर्तालाई आफ्नो मुठी भित्र राख्दछन । ठुलो घर र बङगाला बनाउनु उनिहरुको मुख्य लक्ष्य रहेको व्यावहार बाट प्रष्ट देख्न सकिन्छ ।

र्सवहारा वर्गहरु अझैपनी थाकेका भने छैनन र कम्युनिष्टको अशलीरुपको लागी अझैपनी हुमीन आतुर छन मात्र खाचोछ कुशल नेतृत्वको देशले कम्युनिष्ट खोजेको छ रजनताले पनी वर्तमान अवस्थाको विकल्प खोजेको कुरा देख्न त्यती ग्राहो छैन ।

                                                                                           -प्रवेश न्यौपाने


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट