चन्द्रयान २ बारे आयो नासाको रिपोर्ट

अशोज १०, २०७६

काठमाडौं – अमेरिकास्थित राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले भारतको मुन मिसन अन्तर्गतको चन्द्रायन -२ चन्द्रमाको सतहमा हार्ड ल्यान्डिङ गरेको अथवा ठोकिएको जनाएको छ । नासाले चन्द्रयान-२ को ल्यान्डिङ साइटका तस्बिर सार्वजनिक गर्दै चन्द्रमाको सतहमा ठोकिएको जनाएको हो ।

चन्द्रमाको सतहमा अवतरण गर्नुभन्दा केही समयअघि चन्द्रयान-२ को सम्पर्क टुटेको थियो । तर, उक्त तस्बिरहरुमा कुन सतहको हो भन्ने निर्धारण गर्न सकिएको छैन । नासाले रातिको समयमा उक्त तस्बिर लिइएकोले स्पष्ट नभएको बताएको छ । २२ जुलाईमा प्रक्षेपण गरिएको चन्द्रयान-२ सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा अवतरण गर्न दुई किलोमिटर बाँकी रहँदा विक्रमसँगको सञ्चार सम्पर्क टुट्यो ।

अदादाद्
नासाले उक्त निर्धारित स्थान दक्षिणी धुव्रबाट करिब ६०० किलोमिटर जति टाढा भएको उल्लेख गरेको छ । भारतको पहिलो चन्द्र अभियान चन्द्रयान-१ पनि चन्द्रमाको सतहमा अवतरण गर्न सकेको थिएन । तर त्यसले चन्द्रमाको सतहमा विस्तृतरुपमा पानीको खोजी अघि बढाएको बताइन्छ ।

चन्द्रयान-२ ले चन्द्रमाको सतहमा पानी र खनिजको खोज अघि बढाउनुका साथै चन्द्रमामा गएका कम्पनसमेत मापन गर्ने भनिएको थियो । हालसम्म अमेरिका, रुस र चीनले मात्र चन्द्रमामा अन्तरीक्ष यानलाई अवतरण गराउन सकेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट