स्काउटिङभित्रको तथ्यपरक चिरफार : ‘स्कार्फ’ – राजिब खत्री
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
काठमाडौं- खाडी मुलुक कतारले आफ्नो देशमा काम गर्न आउने कामदारको न्यूनतम पारिश्रमिकको दर तोकेको छ । साथै काफला पद्धती हटाइएको निर्णय पनि गरेको छ ।
सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन बुधबार पारित गरिएको हो । यो कानुन आउँदो जनवरीदेखि कार्यान्वयन गरिने जनाइएको छ ।
कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने भएकाले यो कार्यान्वयनमा आउने छ ।
मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने कतारका प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले जानकारी दिएका छन् ।
निकै लामो अन्तर्राष्ट्रिय दबाबपछि नै भए पनि खाडीमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने देश कतार पहिलो हो । अब रोजगारदाता कम्पनीहरुले न्युनतम ७ सय ५० रियाल दिनै पर्ने व्यवस्था नयाँ कानुनले गरेको छ । यो त्यहाँका रोजगारदाताहरुका लागि बाध्यकारी हुनेछ ।
कामका लागि अत्यधिक नेपाली जाने देश मध्येको देश कतारका लागि नेपाल सरकारले भने अदक्ष कामदारलाई न्युनतम तलब ९ सय रियाल दिनैपर्ने भन्दै निर्धारण गरेको थियो । तर कतार सरकारले रोजगारदाताहरुले न्युनतम ७ सय ५० रियाल मात्र दिनैपर्ने गरी कानुन बनाएको हो ।
कतार सरकारको निर्णयको स्वागत गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनले यस कदमले कामदारको अधिकार सुनिश्चित गर्न सहयोग मिल्ने जनाएको छ ।
कतारमा नेपालका करिब चार लाख व्यक्ति विभिन्न ओहोदामा काम गर्दछन् ।
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
काठमाण्डौ – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएको छ । नेपाल
विदुर । सरकारले बुधबार नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्शाको