कम्युटरबाट आखाँलाई बचाउने पाँच उपाय

भदौ २७, २०७३
एजेन्सी : तपाईँ सधैँजसो कम्प्युटरमा लामो समयसम्म व्यस्त रहनुहुन्छ भने सचेत रहनुहोस् । त्यसबाट तपाइृँको आँखामा नकरात्मक असर पर्न सक्छ । कम्युटर, मोवाइल, ट्ब्लेटको बढ्दो प्रयोगले मानिसहरुमा आखाँ सम्बन्धि विभिन्न समस्या पनि थपिएका छन् । एक सर्वेक्षणका अनुसार ९० प्रतिशत कम्युटर प्रयोगकर्ता आखाँमा कुनै कुनै प्रकारको समस्या हुन्छन् । आखाँबाहेक कम्युटरकै प्रयोगले अरु समस्या पनि आएका छन् । जस्तो धमिलो दृष्टि, टाउको दुख्नु र गर्दन दुख्नु आदि ।
lady_working_at_computer_i_cc_elvis_santana
यी समस्याबाट बच्न चिकित्सकहरुले केही सुझाब दिएका छन् ।
१. कम्युटरमा हेर्ने कोण समायोजन गर्नुहोस :
  तपाईको आखाँ र कम्युटर बिचको कोण र दूरीले यस्ता समस्यामा मुख्य भूमिका खेलेको हुन्छ । सबैभन्दा उपयुक्त मनिटर, मोवाइल र ट्ब्लेट आखाँबाट २० देखि २८ इन्ज पर हुनुपर्दछ । र आखाँको तह ९उचाई० भन्दा ४ देखि ५ इन्च तल हुनुपर्दछ । यो उपायले गर्दन दुख्ने समस्याबाट पनि मुक्ति मिल्छ ।
२. चमक घटाउँनुहोस :
  स्क्रिनको चमकले आखाँलाई काम गर्न अफ्ठेरो हुन्छ । त्यसैले अत्याधिक उज्यालो स्क्रिनले आखाँलाई नराम्रो असर गर्छ । यसका लागि कम्युटरमा चमक फिल्टर प्रयोग गर्नुपर्छ ।
३. आखाँलाई आराम पनि दिनुहोस :
  यदि तपाई लगातार कम्युटर चलाउनुहुन्छ भने आखाँलाई आराम दिनपनि आवश्यक छ । चिकित्सकका अनुसार प्रत्येक २० मिनेटमा आखाँलाई आराम चाहिन्छ । प्रत्येक २० मिनेटमा कम्तिमा २० सेकेण्ड कम्युटरमा हेर्न छोड्नुहोस । र प्रत्येक घण्टामा १५ मिनेट आखाँलाई आराम दिनुहोस, कम्युटर हेर्नबाट ।
४. आखाँ झिम्काउनुस :
  मनिसहरु सामान्य अवस्थामा प्रत्येक मिनेटमा १८ पटक आखाँ झिम्काउछन्, तर कम्युटर प्रयोग भैरहेको बेला यसको एक चौथाई पटक मात्र आखाँ झिम्किन्छ । यसको कारण आखाँमा सुख्खापन आउँछ । यसबाट बच्न बढि कम्युटर प्रयोग गर्नेहरुले आइ ड्रपस् हाल्नुपर्दछ ।
५. समय–समयमा आखाँको जाँच :
  साथै आखाँको जाँच समय–समयमा गराइराख्नु पर्दछ । यसले आखाँमा आएका समस्यालाई समयमै समाधान गर्न सहयोग गराउँछ ।
त्यसबाहेक कम्युटर प्रयोग गर्दाले चस्मा लगाउनु पनि राम्रो मानिन्छ । अरु समयमा चस्मा नलागएपनि कम्युटर प्रयोगको समय चस्मा लगाउदा आखाँ सम्बन्धि समस्या कम गर्न सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको