गजल : बासु सापकोटा – एउटा छिमेकी सगरमाथा घटाउँछ…

कार्तिक २५, २०७६

एउटा छिमेकी सगरमाथा घटाउँछ मौन छ सरकार
अर्को झन् देशकै आकार बढाउँछ मौन छ सरकार

कमजोर अबस्थामा गरेको सन्धी भै सक्यो पुरानो
उ एकतर्फी अक्षर थप्छ नयाँ बनाउँछ मौन छ सरकार

कुटनैतिक सम्बन्ध र समझदारी सिमित भो कागजमा
तोड्छ उ आफैं अनि हैकम जमाउँछ मौन छ सरकार

वकालत गरेको सुनिन्छ जहिँतहिँ थिचोमिचो बिषयमा
उहि सिमाना मिचेर झन्डा फहराउँछ मौन छ सरकार

यिनै आँखाले देख्ने हुन् या भावी सन्ततीले भोग्ने हुन्
एकदिन जित्छ र उसैको राज चलाउँछ मौन छ सरकार

बासु सापकोटा
दोलखा


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट