नेपाली सेनालाई खुल्लापत्र : भद्रकालीको परेड कालापानीमा देखाउनुस्

कार्तिक २८, २०७६

काठमाडौँ- नेपाली सेना भन्ने बितिकै कता कता गर्बको महसुस हुन्छ। कतै हातहतियार बाट सु सज्जित नेपाली सेनालाइ यी आखाले देख्न पाइयो भने,रगत तातो भयर छालामा काडा उम्रदै हर्सको आसुले आखामा साहस जमाउछ । अनि लाग्छ सन्सारको गौरब साली नेपाली हामी ।

अब यी कुराहरुमा कति गर्व गरु म..! नेपालको रास्टृय स्वाधिनता भौगोलिक अखण्डता धरापमा पर्दैछ, कसैले नेपाल आमालाइ गिद्दे नजर लगाउदै छ। कसैले नेपाल आमालाइ कोपर्दै छ, भने हाम्रो नेपाली सेना मौन बस्नु को कुनै तुक छ र ? घोडे जात्रा र सैनिक दिबसको दिन शक्ति प्रदर्सन गरि हेलिकप्टर बाट जबान खसाली रमिता देखाउने मात्रै काम होर नेपाली सेनाको ? शासकहरुको अघिपछी लागि सुरक्षा गर्न मात्र चाहिने होर नेपाली सेना ? कि पेट्रोल पम्प अनि ठेक्का पट्टा लिन मात्रै चाहिने हो नेपाली सेना? यदि हो भने सप्रसङ्ग उत्तर दिनुहोला मलाइ!

हरेक चोटि देस दुख्दा नेपाली सेनालाइ किन दुख्दैन, तपाइहरु सिमानाको बारेमा किन ठोस धारणा बनाउन सक्नु हुन्न, देसको अन्तिम सर्बस्व सुरक्षा निकाय सेना जो सधै पर्ख र हेरको अबस्थामा बसेको देखिन्छ। यसले देसको भलाइ गर्ला र? अब त ढिला भसक्यो चिलले आयर चल्लो च्याप्न आटिसक्यो, तर घरधनिको अझै पत्तो छैन मेरो देसमा!

माथिको आदेस के आउला भनेर पर्ख र हेरको अबस्थामा नबस्नु होला अब: तपाईं आफै सोच्नुस त हिजो पुर्खाले नाङ्गो  खुकुरिको भरमा कोरियको सिमा रेखा हो कालापानी, जस्ले सत्रुलाइ तहस नहस बनाइ राष्टियता कोरेका थिए ! आजको नेपाली सेना सँग  के छैन हिजोको तुलनामा हातहतियार तालिम प्राप्त लडाकु बजेट सब भरिपुर्ण छ। र पनि मौन छौ हामी ! यो भन्दा ठूलो पाप के होला सबै कुरा भएर पनि नाजाबाफ छौ हामी !

यो देस हाम्रो हो र हामिलाइ गर्व छ नेपाली हुनुमा हाम्रो प्राण भन्दा हजारौ गुणा प्यारो हुन्छ , आफ्नो मातृभुमी जो कसैलाइ..! देशको लागि मार्न अनि मर्न कहिल्यै पछि पर्दैनौ हामी, यो भावना तपाईं स्वयंमलाइ अबगत हुन अति जरुरी छ ।

अब नेपालिको सान नेपाली सेना जाग्ने बेला आइसकेको छ। कति बिरका सन्तान भन्ने हामिले, देखाइदिनुस आफै वीर बनेर ! ताकी तिनलाइ अबगत होस नेपाली भनेका साच्चै वीर हुन ।
म फेरि भन्छु,

तपाईं पर्ख र हेरको अबस्थामा नअल्झिनुस, तिनलेत देसको सिमाना मिचियो भनेर खुलेर भन्न त सकेनन, भने तिनले के आदेस देलान हाम्रो नेपाली सेनालाइ, त्यसैले नेपाल आमालाइ परेको समस्या सँग जुध्न अबस्य ढिला नगरुम !  तपाईं घरको निर्णय नपर्खिनुस, पहिला घर बचाउनुस अनि घर सल्लाह पछि मिलाउला। नातिकाजिको सुन्दर पङ्ती नै छन , नेपाली हामी रहौला कहाँ नेपालै नरहे…..! त्यसकारण भद्रकालिमा देखाउने परेड कालापानीमा गयेर देखाइदिनुस, तपाइको साथमा हामी छौ । जय नेपाली सेना !

प्रकास सापकोटा

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट