गरिब आङ दावा सेर्पा अमेरिका पुगेर पनि दिन दुखीहरुको सेवा गर्दै

कार्तिक २८, २०७६

काठमाडौँ – आङ दावा सेर्पा सङ्खुवासभा जिल्ला, मकालु गाउँपालिका वार्ड नम्बर २ नुर्बु गाउँमा जन्मेका हुन् ।  हाल भने गरिब  दीन दुखीहरुको सेवा गर्दै अमेरिकामा बस्दै आएका छन् ।  सेर्पा, जो साँच्चै दयालू  स्वभाव अरुको दुख्ख देख्न नसक्ने छन् ।  सेर्पा एकदमै महान समाजसेवी त हुननै तर परिवार पनि उत्तिकै सेर्पाको मन जस्तै ठुला छन् । सेर्पाको परिवार मा ८ दाजुभाइ २ दिदिबहिनी आमाबाबा सङ्ग गरी १२ जना’को परिवार’मा हुर्केको र ८ जना दाजुभाइ मध्ये आङ दावा सेर्पा ७ नम्बरमा पर्छन् ।

१९९७ मा  सानो छँदा नै गाउँघर चौँरिगोठ छाडी परदेश लागेको र परदेश लागेपछि २/३ बर्ष सेर्पाले ट्रेकिङमा कुल्लिको रुपमा काम गरेको सेर्पाले धेरै मेहनत गर्नु परेको बताउँछन् । केही बर्ष सम्म सेर्पाले धेरै कठिनाइ भोगेको समेत बताएका छन्   । सेर्पाले २००२ देखि पिक र हिमाल चड्ने मौका पाएको बताउँछन् ।  २००३ देखि सेर्पाले २००८ सम्ममा सगरमाथा सफलता पुर्वक ५ पटक आरोहण गरीसकेपछी २००९ देखि सेर्पाले हिमाल चड्न छोडेको र हिमाल चढेपछि बिदेशीले विभिन्न युरोप देशहरुमा घुम्ने अबसर प्रदान गरेको  सेर्पा लाइ २००४ देखि,२००६ र २००८ मा युरोपको म्यारथन हरुमा पनि बिदेशीकै कारण भाग लिने अवसर प्राप्त गरे तर सेर्पाले त्यो म्यारथन अवसरमा जित्न भने सकेनन ।

२००७ मा सेर्पाले आफ्नै माइला दाइ’को साथ पाए र अमेरिका पुगे, तर अमेरिका पुगेर पनि एक बर्ष सम्म भाँडा माज्ने काम गरेको सेर्पाले बताउँछन् । कारण अङ्ग्रेजी भाषा नाजान्नु त्यस पछि सेर्पाले त्यही होटलमा टेबल पुछ्ने सेटिङ्ग गर्ने काम गर्न थाले र सेर्पाको धेरै मेहनतले गर्दानै हाल सेर्पा अमेरिकामा टेक्सी ड्राइभर गर्छन । सेर्पा नेपालमा हुदापनि  काम नभएका हरुलाइ काम खोजिदिने आफुले सकेको सहयोग गर्ने गर्दथे । २००७ देखि अमेरिका जस्तो राम्रो मुलुकमा बसेर पनि झन आफ्नै देश प्रती धेरै माया गर्दै गरिब दुखी पिडामा परेको देखि लिएर हाल संघ संस्थाहरुमा पनि आबद्द भई सहयोग गर्दै आई  रहेका छन् ।

सेर्पाले भन्नू हुन्छ केहि नपढेपनी जिबनकालमा मेहनत र आफ्नो ईमानदारीताकै कारण धेरै काम कुराहरु सफल भएको सेर्पा बताउँछन । अहिले भने सेर्पाले आफ्नो सबै परिवार र सदस्यहरु बाट पनि राम्रो हौसला साथ माया पाउने गरेको बताउंछन् । र गर्वको कुरा त सेर्पाको यो छ बिगतमा आफु पनि गरिब भएको कारण अब भने कुनै पनि पिडितहरु वहाँको नजरबाट ओझेल नहुने, सकेको मानविय सहयोग गरेर छाड्ने बताउँछन् । धन सम्पति जति नै कमाए पनि मानिस भएपछि आफ्नो बिगतलाई कहिले कसैले भुल्नु हुँदैन भनि सबैलाई  पाठ  सिकाएका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट