रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपाल भाषा अध्यापनका निम्ति सुवाल नियुक्त

कार्तिक २९, २०७६

काठमाडौं – बि.ए तेस्रो बर्षमा नेपाल भाषा अध्यापनका निम्ति काठमाडाैंकाे प्रर्दशनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा विषयमा शिक्षिकाको रुपमा श्रमिला सुवाल नियुक्त भएको छ । कार्तिक २४ गते देखि शिक्षिका सुवालले बिहानी सत्रमा बि.ए. तेस्रो बर्षका निम्ति अध्यापन गराउँदै अाइ रहेकाे छ ।

शिक्षिका सुवालले भनिन् ‘मातृ भाषा रहेसम्म मात्र सम्पूर्ण नेपालीहरुको अस्तित्व रहिरहन्छ त्यसमा पनि नेपालभासा देशलाई छुट्टै देश भनेर चिनाएका भाषा मध्ये एक हो । यस मातृभाषा संरक्षण अभियानमा सकृय रुपमा अभियान चलाइरहनु भएको अभियान्ताहरुले धेरै भन्दा धेरै दुखः गरी पुनः स्थापना गरी इतिहास कायम गरी नेपाल भाषा पढाइ अध्यापन गराउन सफल भयो ।

तसर्थ मातृभाषा लगायत नेपाल भाषाको सम्बद्धन, प्रर्वद्धन तथा विकासका निम्ति भाषा अनुरागी तथा शुभचिन्तकहरुले आ—आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने धारणा राखिन् । रत्न राज्य लक्ष्मीका क्याम्पस सहायक प्रमुख गोबिन्द आचार्यका जानकारी दिए अनुसार, नेपाल भाषा विषय पढनपाठनका निम्ति विद्यार्थीहरुलाई प्रशासनको तर्फबाट सहयोग गर्ने आश्वासन दिनु भयो । क्याम्पस प्रशासनको तर्फबाट विद्यार्थीहरुका लागि पुस्तकालयमा पाठयपुस्तक लगायत विविध सामग्रीको व्यवस्था गरिने जानकारी दिनु भयो ।

मातृ भाषा बचाउ तथा नेपाल भाषा अभियान्ताहरूले जनाए अनुसार यदि देशमा रहेका सम्पुर्ण मातृभाषाहरूलाइ बचाउने हो भने सरकारको तर्फबाट अनिवार्य रूपमा ठोस् निति नियम नै लागु गर्नु पर्ने जनाउनु भयो । हाल यस क्याम्पसमा नेपालभाषा कक्षा संचालनका लागि दश जना विद्यार्थीहरु भर्ना भएको खण्डमा मात्रै कक्षा सञ्चालन गर्न सकिने क्याम्पस प्रशासनले जानकारी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट