पन्तको अध्यक्षतामा पर्यटन पत्रकार संघको नयाँकार्यसमिति सर्वसम्मत

चक्र प्रसाद पोख्रेल मंसिर १, २०७६

सातै प्रदेशमा पर्यटन प्रवद्र्धनात्मक क्रियाकलाप अगाडि बढाउने जाट नेपालको उद्घोष

काठमाडौं –पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्था पर्यटन पत्रकार संघ(जाट–नेपाल)को आठौं वार्षिक साधारण सभा एवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

शनिबार सम्पन्न साधारण सभाले प्रथमउ पाध्यक्षमा किशोर बस्नेत र द्धित्तिय उपाध्यक्षमा श्रीहरि श्रेष्ठ, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा मनुका कुँवर र कोषाध्यक्षमा मोहनप्रसाद मैनालीलाई चयन गरेको छ ।कार्यसमिति सदस्यहरुमा कुमार चौलागाई, शंकर प्रधानाङ्ग, अच्यूत रेग्मी, अर्जुन पार्खिन, शिव बस्नेत र जुली गुरुङलाई चयन गरेको छ ।

सर्वसम्मतरुपमा संघको नयाँ नेतृत्व चयन भएलगत्तै नवनिर्वाचित अध्यक्ष पन्तले पर्यटन पत्रकार संघलाई देशव्यापीरुपमा अगाडि बढाउने र सरकारले लिएको भ्रमण वर्ष–२०२० लाई सफल पार्न सोही हिसाबले प्रबद्र्धनात्मक कार्य गर्ने बताए  । साथै नवनिर्वाचित अध्यक्ष पन्तले सातै प्रदेशमा पर्यटन पत्रकारहरुको क्षमताअभिवृद्धि कार्यक्रमसँगै पर्यटनका प्रवद्र्धनात्मक क्रियाकलाप अगाडि बढाउने उद्घोष गरेकाछन।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट