कविता : लुकेको प्यारो मान्छे – ममता कर्माचार्य

मंसिर ९, २०७६

 

प्रत्येक घडीको पल संग
संगै हिँडे,
जीवनको ऋतुहरूमा
तिमीलाई नै प्रेम गर्छु ।
तिमीले देख्ने सपना, र मैले देख्नै सपनाभिन्न, भिन्न छन् ।
वास्तवमा ,
मेरो सत्यत्यहीहो
सुन्दर सपना तिमी,

सधै तिम्रो संझनामाहाँसेर,,
जीबनयात्राको पाइलाहरूमा
तिमीलाई भेट्छु ।

खुशी लाग्छ,
आकाशझै मौनतामा
सुन्दर प्रस्तुति देखेर
अलिकति पनि दुखाई छैन,
तिमी सम्म पुग्न नसक्दानि,
टाढा दूरीको पनि अतिप्रिय लाग्छ ।

त्यसैले होला,
विहानीको लालीम सम्मआइपुग्दान्यानो अंगालोमा बाँधिएको,
रातउदाएको चन्द्रमासित शितलताको ओढ्ने संग गुटुमुटु
यथार्थको धरातलमा
मिठो, आनन्दको अनुभूति हुन्छ।
एउटा नयाँउमङ्ग,
एउटा नयाँ रचना जस्तै ,
स्वतन्त्रको परिधिमा,
म उही
म संग तिमी,
थाहापाई थाहानपाई,
बगेको तिमी,
न्यानो, चिसो संरचना
मिठो आवाज, लाग्छ,
सुनी रहूकक म बाँचेको छु
भनेर
घडी झै टिक टिक

मनको भित्तामा
कोरिएको चित्र
शान्त ,मुर्त
बुद्ध झै
मनको गुफामा
लुकेको प्यारो मान्छे ,,,,

ममता कर्माचार्य
बोस्टन

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट