नियमित कुरिलोको सेवनले हेर्नुहोस् महिलाको लागि कति फाईदा

मंसिर १२, २०७६

 काठमाडौँ – कुरिलोको नियमित सेवन महिलाका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा उर्जा उत्पन्न गर्छ । उनीहरूमा शारीरिक दुर्बलता हटाउन, महिनावारी गडबढी ठीक पार्नलगायत कामका लागि समेत कुरिलो उपयोगी हुन्छ ।

कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ । कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या सामाधान गर्छ ।

कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धन औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ । कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट