गायक राजु परियार र गायिका गरिमा विरहीको ‘‘मेरो मन’’ सार्वजनिक (भिडियोसहित)

चक्र प्रसाद पोख्रेल मंसिर १२, २०७६

 

काठमाडौं –चर्चित गायक राजु परियार र गायिका गरिमा विरही कार्कीको ‘‘मेरो मन’’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएकको छ । अनिल के.सी र गरिमाको संयुक्त कोशेलीमा तयार भएको यो गीतमा गायिका विरहीले पहिलोपटक यसै गीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेस गरेकीछन ।नवगायिका भएतापनि गायिका गरिमाले आफुलाई राम्रो गायिकाको रुपमा प्रस्तुत गरेकीछन ।

गीतकार कृष्ण के.सीको मनछुने शब्द ,गणेश गुरुङको सुमधुर संगीत रहेको गीतमा म्यूजिक एरेञ्जर , कृष्ण विक, संगीत संयोजन कुमार रानाले गरेकाछन भने गीतको म्यूजिक भिडियो निर्देशन मौसम हिमालिले गरेकाछन ।यस गीतमा मूख्य अभिनय भने अमेश भण्डारी र असिस्मा नकर्मीले गरेकाछन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट