स्काउटिङभित्रको तथ्यपरक चिरफार : ‘स्कार्फ’ – राजिब खत्री
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
काठमाडौं -ब्यवसायिक घराना आइएमएस ग्रुपले कृषिमा पनि लगानी गर्ने भएको छ।नेपालमा पहिलो पटक मोबाइल भित्र्याएको ग्रुपको मोबाइल, एप ९सेलपे०, गाडी, हाइड्रो पावर र होटलमा लगानी छ। यससँगै कृषिमा पनि लगानी गर्न लागेको ग्रुपका अध्यक्ष दिपक मल्होत्राले जानकारी दिए।
सुरूमा कृषिलाई पाइलट प्रोजेक्टको रूपमा अगाडि बढाएको उनले बताए। उनकाअुनसार सुनसरीमा २५ विघा जग्गामा कागती खेती गरिने भएको छ। उत्पादित कागती निर्यात गर्ने उनको सोच छ।‘निर्यातका लागि कतारलगायतका केही गल्फ कन्ट्रीमा कुरा भइरहेको छ,’ उनले भने, ‘उनीहरूले कागती लिन्छु भनेका छन्।’
उनकाअनुसार अहिले बारी खन्ने, सम्याउने, बार लगाउने काम भइरहेको छ।भारतबाट बिऊ ल्याउने तयारी रहेको उनले बताए। पछि नेपालमै बिऊ, कृषि औजार उत्पादन गरी निर्यात गर्ने आफ्नो योजना रहेको उनले सुनाए।यो प्रोजेक्टमा जग्गा बाहेक नै उनको १० करोड रूपैयाँ लगानी छ।ठूला क्षेत्रमा लगानी गरेका मल्होत्रालाई कृषिमा लगानी गर्ने सोच भने भर्खरै आएको होइन।
उनको पहिलेदेखिकै योजना हो। हामीले ठूला क्षेत्रमा लगानी गरेर रोजगारी त सिर्जना गरेका छौँ। तर देशको मुख्य समस्या भनेको व्यापार घाटा हो। कृषिजन्य उत्पादन पनि ठूलै परिमाणमा आयात हुने भएकाले कृषिमा लगानी गर्नुपर्छ भन्ने थियो,’ उनले भने।
उनले २५ वर्ष अघि नै जग्गा किनेका थिए।‘त्यतिखेर सिसौ रोप्ने ‘लहड’ चलेको थियो। मैले पनि रोपे। तर त्यसमा एक किसिमको रोग आएकाले त्यो सबै सुक्यो,’ उनले भने, ‘पछि ऊखु रोप्न जग्गा भाडामा दिए। अब आफैँ कृषिमा काम गर्छु भनेर लागेको छु। आफ्नो मात्र फाइदा हेरेको भए त अन्य क्षेत्रमा लगानी गर्थे, देशलाई समेत फाइदा होस् भनेर कृषिमा लागेको हुँ,’ उनले भने।
यस्तै गोल्यान ग्रुपले पनि कृषि लगानी गरेको छ।चालु आर्थिक वर्ष २०७६र०७७ को पहिलो चार महिनामा २७ लाख किलो कागती र ज्यामिर भारतबाट आयात भएको छ। त्यसका लागि २१ करोड रूपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
काठमाण्डौ – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएको छ । नेपाल
विदुर । सरकारले बुधबार नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्शाको