हेर्नुहोस् ,कसिलो लुगा लगाउनाले हुन्छ यस्तो बेफाईदा

पुस १, २०७६

काठमाडौँ – धेरै जसो मानिसहरुलाई कसिलो लुगा लगाउन मनपर्छ । कसिलो लुगाले आफूलाई स्मार्ट देखिन्छ भन्ने मानिसका सोचाई हुन्छ भन्ने चिकित्सकहरुको भनाइ रहेको छ । वास्तवमा त्यो कुरा गलत हो । त्यस्तो गर्नु भनेको तपाईंहरुको स्वास्थ्यलाई अति हानिकारक प्रमाणित गर्नु हो ।

कसिलो कपडाले तपाईंका संवेदनशील अंगहरुलाई हानि र्पुयाउँछ । यसले समग्र स्वास्थलाई नै बिगार्न सक्छ । कसिलो जिन्स लगाउनाले महिलाहरुले कम्मरसँग सम्बन्धित समस्याहरुको सामना गर्नु पर्ने हुनसक्छ । अति नै कसिलो जिन्स दिनभरी लगाउनाले कम्मरको दुखाईका साथ साथै स्लिप डिस्क हुने आशंका पनि बढ्नसक्छ ।

कसिलो जिन्स लगाउनाले भेरिकोज भेन बिमारी, खासगरी खुट्टा तथा पैतालाको नशाहरुमा समस्या देखिने सम्भावना हुन्छ । यसबाहेक कसिलो जिन्सका कारण खुट्टामा ऐंठन हुने सम्भावना समेत बढ्छ ।

के पनि विश्वास गरिन्छ भने कसिलो जिन्स लगाउनाले गर्भाशय नै संकुचन हुन सक्छ अथवा बाँझोपनको खतरा समेत बढ्न सक्छ । साथै कसिलो भएका कारण पेटमा निकै भार पर्छ । जुन अगाडि गएर समस्या पैदा गर्न सक्ने खालको हुन्छ ।
निकै ज्यादा कसिलो कपडा लगाउनाले तपाईंलाई उठ्न(बस्न नै समस्या पर्न सक्छ । यसका साथै तपाईंको शरीरको सेप नै बिग्रन सक्छ । तपाईंको खुट्टाको नशा दबिन सक्छ । जसबाट तपाईंको शरीरमा झन्झनाहट, शून्य झैं अनुभव हुने अथवा दुख्न थाल्ने पनि हुन सक्छ ।

लामो समयसम्म कसिलो कपडा लगाउनाले स्वास फेर्न समेत अफ्ट्यारो पर्न सक्छ । यसबाट शरीरमा अक्सिजनको प्रवाहमा समेत दबाब पर्न सक्छ । जसका कारण डर अथवा बेचैनी हुनुका साथैबेहोस हुने स्थिति समेत पैदा हुनसक्छ । यसबाहेक ज्यादा कसिलो कपडा लगाउनाले रगतको प्रवाहमा समेत रुकावट आउन सक्छ ।

अत्यधिक कसिलो जिन्स अथवा स्कर्ट लगाउनाले तपाईंको पेटमा समेत समस्या हुन सक्छ । अत्यधिक कसिलो कपडा लगाउनाले तपाईंको पेटको फूड पाइप दबिन्छ । जसले तपाईंको फूड पाइपमा एसिड बन्न थाल्छ । यदि तपाईंलाई पनि अत्यधिक कसिलो कपडा लगाउने इच्छा छ भने सावधान रहनुहोस् ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट