बलिउड अभिनेत्री शिल्पा शेट्टी लामो समय पछि बलिउडमा कमब्याक

पुस १, २०७६

काठमाडौँ –  बलिउड अभिनेत्री शिल्पा शेट्टी यति बेला फिल्म ‘निकम्मा’को सुटिङमा व्यस्त छिन् । लामो समयको अन्तरालपछि उनी बलिउडमा कमब्याक गर्दैछिन् ।

विवाह गरेपछि फिल्म क्षेत्रबाट टाढिएकी शिल्पा एक दशकपछि फिल्म निकम्माबाट बलिउडमा कमब्याक गर्न लागेकी हुन् । २००९ सालमा राज कुन्द्रासँग विवाह गरेपछि शिल्पा एकाएक फिल्म क्षेत्रबाट टाढिएकी थिइन् । त्यसो त उनी अभिनित फिल्म ‘निकम्मा’को रिलिज डेट तय भएको छ। सब्बीर खान निर्देशित ‘निकम्मा’ २०२० जुन ५ मा रिलिज हुनेछ ।  फिल्ममा शिल्पा शेट्टीसँगै अभिमन्यु दासानी र शिर्ले सेतियाको मुख्य भूमिका रहेको छ ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट