स्काउटिङभित्रको तथ्यपरक चिरफार : ‘स्कार्फ’ – राजिब खत्री
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
काठमाडौं – लामो समय देखि नेपालको विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्दै आउँनु भएका समाजसेवी महावीर पुनलाई आर्थिक सहयोगको आवश्यक्ता परेको छ । जनताले देशको विकासका लागि नेता छानेर पठाउँछन्, जो विलाशिताको जीवन बाँच्दै आएका छन् । तर पुन भने देशको सेवा गर्नको लागि अमेरिकामा भएको लाखौं डलरको जागिर छोडेर नेपाल आउँनु भएको छ । गाउँ गाउँमा अस्पताल, विद्यालय, सडक, पानी, विद्युत्त पुर्याउने कसम खाएका नेताहरु आफ्नै झोला भर्नमा व्यस्त रहेका छन् । सांसदहरुले ६ करोड रुपैयाँ आफु खुःशी खर्च गर्न पाउँने गरि व्यवस्था गर्न लागिरहेका छन् । सांसद भएको केही वर्षमा नै छोराछोरी विदेश पठाएर पुस्तौ पुग्ने सम्पती जम्मा गरिरहेका हुन्छन् । आज नेपाल हरेक क्षेत्रमा पछि पर्नुको कारण पनि यही नै हो ।
बिश्वासको भरमा 4% ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो. करिब ३ करोड चाहिएको छ. एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन. सकेको ५, १०, २० लाख दिए पनि हुन्छ. पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाइ मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourism बिकासको लागी हो. यो काम आंशिक रुपमा बिगत १० बर्ष देखी चलीरहेको छ तर यसलाई हामी बढाउन (Scale up) चाहन्छौं. यसको लागि नेपाल सरकार र बैंकहरु संग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु. यसको बिस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला. यसको लागी एक करोड रुपैंया चाहिएको छ.
दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको छ. आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको हो. बिभिन्न वित्तीय संस्था र बैंकहरु बाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरु संग ऋणको लागी अनुरोध गरेको हो. यसको लागी दुई करोड रुपैंया चाहिएको छ. कोहि हुनु हुन्छ भने मलाई मा सम्पर्क गर्नु होला. यसो गनु भयो भने देशको उद्धार हुनेछ. ऋण ३ बर्षको लागि हो र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिनेछ.
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
काठमाण्डौ – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएको छ । नेपाल
विदुर । सरकारले बुधबार नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्शाको