‘सिने स्टार अवार्ड २०२०’का लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक

पुस ४, २०७६

काठमाडौँ –  पहिलो ‘सिने स्टार अवार्ड २०२०’का लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि क्यानडाको टोरन्टोमा हुन गइरहेको अवार्डको मनोनयन प्रमाणपत्र वितरण गरिएको थियो ।

उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ‘प्रसादु, ‘बुलबुल’ र ‘छक्का पञ्जा ३’ परेका छन् भने उत्कृष्ट अभिनेतातर्फ ‘ए मेरो हजुर ३’ बाट अनमोल केसी, ‘प्रसाद’बाट विपिन कार्की र ‘यात्रा’बाट सलिनमान बनियाँबीच प्रतिस्पर्धामा रहेको छ । अभिनेत्रीतर्फ ‘बुलबुल’बाट स्वस्तिमा खड्का, ‘रोमियो एण्ड मुना’बाट सृष्टि श्रेष्ठ र ‘प्रसाद’बाट नम्रता श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

उत्कृष्ट पटकथातर्फ ‘प्रसाद’बाट सुशिल पौडेल, ‘बुलबुल’बाट विनोद पौडेल र ‘छक्का पञ्जा ३’ बाट दीपकराज गिरी मनोनयन छन् । सह( अभिनेतामा ‘ए मेरो हजुर ३’बाट सलोन बस्नेत, ‘छक्का पञ्जा ३’बाट केदार घिमिरे र ‘जय भोले’बाट सौगात मल्ल उत्कृष्ट तीनको मनोनयनमा छन् । सह( अभिनेत्रीतर्फ ‘नाइँ नभन्नु ल ५’ बाट प्रियंका कार्की, ‘बुलबुल’ लक्ष्मी बर्देवा र ‘गोपी’बाट सुरक्षा पन्त प्रतिस्पर्धामा छन् ।

आगामी फेब्रुअरी २२ तारिखमा टोरन्टोमा हुने अवार्ड समारोहमा कुल १२ विधामा अवार्ड प्रदान हुनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड क्रमशः निर्णायक र आयोजकले प्रदान गर्ने बताइएको छ ।

हिल्सा इन्टरटेनमेन्ट प्रा। लि। नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी।टी।ए। लायन्स क्लब टोरेन्टो क्यानडा र क्रान्ति मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ । भिजिट नेपाल द्दण्द्दण् लाई सफल बनाउन र नेपाल कला, भाषा र संस्कृतिको प्रचार(प्रसार एंव आदान प्रदान गर्न कार्यक्रम आयोजना गरिएको आयोजक कमीटिका संयोजक प्रतिक बुढाथोकिले वताए ।

चलचित्र विकास बोर्ड का सदस्य दयाराम दाहलको आतिथ्यता भएको नोमीनिज सर्टिफिकेट डिस्ट्रीब्यूशन सेरोमनीमा सम्बोधन गर्दै वोर्डले दाहलले यस्तो कार्यक्रमलाई बोर्ड को साथ रहने बताए ।

उत्कृष्ट तीन मनोनयन सुची

उत्कृष्ट फिल्मः

प्रसाद

छक्का पञ्जा ३

बुलबुल

उत्कृष्ट निर्देशकः

बिनोद पौडेल – बुलबुल

दीपाश्री निरौला – छक्का पन्जा ३

दिनेश राउत – प्रसाद

उत्कृष्ट पटकथाः

दीपकराज गिरी – छक्का पन्जा ३

सुशील पौडेल – प्रसाद

बिनोद पौडेल – बुलबुल

उत्कृष्ट अभिनेताः

अनमोल केसी – ए मेरो हजुर ३

विपिन कार्की – प्रसाद

सलिनमान बनियाँ – यात्रा

उत्कृष्ट अभिनेत्रीः

स्वस्तिमा खड्का – बुलबुल

सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना

नम्रता श्रेष्ठ – प्रसाद

उत्कृष्ट सह(अभिनेत्रीः

लक्ष्मी वर्देवा – बुलबुल

सुरक्षा पन्त – गोपी

प्रियंका कार्की – नाइँ नभन्नु ल ५

उत्कृष्ट सह(अभिनेताः

सलोन बस्नेत – ए मेरो हजुर ३

सौगात मल्ल – जय भोले

केदार घिमिरे – छक्का पन्जा ३

उत्कृष्ट सम्पादनः

बनिश शाह र मिलन श्रेष्ठ – रामकहानी

निमेष श्रेष्ठ – साइँली

बिपिन मल्ल – छक्का पन्जा ३

उत्कृष्ट सिनेमाटोग्राफरः

मानकृष्ण महर्जन – छिरिङ

आलोक शुक्ला – लभ स्टेशन

पुरुषोत्तम प्रधान – छक्का पन्जा ३

उत्कृष्ट पार्श्व गायिकाः

प्रविशा अधिकारी – फुल होइन काँडा – रोज

विन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३

अन्जु पन्त – बनकी चरी – प्रसाद

उत्कृष्ट पार्श्व गायकः

प्रताप दास – फुल होइन काँडा – रोज

सुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३

रुपक डोटेल – बनकी चरी – प्रसाद

उत्कृष्ट संगीतकारः

एलिश कार्की – रोज

बसन्त सापकोटा – नाइँ नभन्नु ल ५

दीपक शर्मा – छक्का पन्जा ३

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट