लोकसेवा आयोगमा माग गरिएको भन्दा कैयौं गुणा बढी दरखास्त

अशोज ३, २०७३

काठमाडौं : लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको सङ्ख्या माग गरेको भन्दा कैयौं गुणादरखास्त दिनेको सङ्ख्या बढ्ने गरेको पाइएको

आयोगले माग गरेको भन्दा सङ्ख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको आयोगकी सूचना अधिकारी गीता हुमागाईंलेजानकारी दिइन् । उनका अनुसार गतवर्ष माग गरिएका पाँच हजार ८१२ माग गरिएकामा चार लाख ४३ हजार ७४१ जनालेआवेदन फाराम भरेका थिए

PSC-logo-lok-sewa-aayogशाखा अधिकृतमा ५५० मा ३९ हजार ४०५, नायब सुब्बामा ५१२ मा एक लाख १० हजार २९२, खरिदारमा एक हजारदुईमा एक लाख३९ हजार १६२, स्टाफ नर्स १९४ मा १७ हजार ५६८, अनमी दुई हजार ६० मा ४३ हजार ५८२, अहेब एकहजार ३६० मा पाँच हजार२२३ सहायक महिला विकास निरीक्षक १३४ मा ४१ हजार ५०२ जनाले दरखास्त फाराम भरेकाथिए

सरकारी सेवातर्फ आकर्षण बढेकाले आयोगबाट खुलाइने पदमा आकर्षण बढेको , सूचना अधिकारी गीता हुमागाईंलेभनिन्, जसलेगर्दा माग गरिएका सङ्ख्याभन्दा कैयौँ गुणा आवेदन दिने गरेका छन्

उनका अनुसार २०७१ सालमा आयोगले विभिन्न पदमा तीन हजार ७०३ को सङ्ख्यामा दरखास्त माग गरेकामा चार लाख७७ हजार४३५ जनाले आवेदन दिएका थिए

सरकारले यसरी आयोगमार्फत गरिने दरखास्तबाट वार्षिक करिब १८ करोड राजस्व सङ्कलन गर्ने गरेको

गतवर्षको आवेदनको सङ्ख्याबाट करिब रु १८ करोड नौ लाख ९७ हजार ७२५ राजस्व सङ्कलन हुने गरेको आयोगकालेखापाल सूर्यप्रसादशर्माले जानकारी गराए ।

उनका अनुसार सरकारले आयोगबाट सहसचिव, उपसचिव, शाखाअधिकृत, खरिदार सरह बढुवा फारामबाट उक्त राजस्वसङ्कलन गर्नेगरेको

गतवर्ष आयोगले शाखा अधिकृतदेखि खरिदारसम्म सात पदमा दरखास्त माग गर्दा सरकारले रु १७ करोड ३४ लाख ९१हजार ८०० सहसचिव, उपसचिव तथा बढुवा फारामबाट रु ७५ लाख पाँच हजार ९२५ राजस्व सङ्कलन गरेको

आयोगको तथ्याङ्कअनुसार २०७१ सालमा आयोगबाट माग गरिएका दरखास्तबाट सरकारले करिब रु १८ करोड ७५ लाख११ हजार राजस्वसङ्कलन गरेको थियो आयोगले सहसचिव एक हजार ५००, उपसचिव एक हजार २००, शाखा अधिकृतएक हजार, नायब सुब्बा४००, खरिदार, स्टाफ नर्स ४००, अनमी, अहेब सहायक महिला विकास निरीक्षक ३०० रुपैयाँदरखास्त फाराम शुल्क तोकेको

यसैगरी आयोगले दरखास्त गर्दा सङ्कलन गरिएको राजस्वभन्दा करिब दुईगुणा बढी खर्च परीक्षामा लाग्ने गरेको उनका अनुसारपरीक्षा सञ्चालनमा करिब रु ३० करोड ५९ लाख २४ हजार ३९० खर्च हुने गरेको जबकि दरखास्तआवेदनबाट रु १८ करोड नौ लाख९७ हजार ७२५ मात्र सङ्कलन हुने गरेको

विज्ञापन, प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका, शैक्षिक सामग्री, परीक्षा सञ्चालन, कोडिङ,उत्तरपुस्तिकापरीक्षणलगायतमा खर्च हुने गरेको शर्माले विभिन्न पदको विज्ञापन गर्दा मात्र तीन करोड खर्च लाग्नेगरेको बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको