करिना कपुर भन्छिन् : अक्षय कुमारको जति नै पारिश्रमिक पाउनु पर्छ

पुस ६, २०७६

काठमाडौँ – बलिउड फिल्म ‘गुड न्युज’को प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले फिल्मको प्रोमोसन शुरु गरेको छ । ‘गुड न्युज’मा अभिनेता अक्षय कुमार र अभिनेत्री करिना कपूर मुख्य भूमिकामा छन् ।

हालै ‘गुड न्युज’को प्रोमोसनका दौरान अक्षय कुमार र करिना कपूर भारतीय चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’मा पुगेका थिए ।

उक्त शोमा कपिल शर्माले करिनालाई ‘तपाई एउटा फिल्ममा अभिनय गरेको कति पारिश्रमिक लिनुहुन्छ वा लिन चाहनु हुन्छ ?’ भन्ने प्रश्न गरेका थिए। पारिश्रमिकको बारेमा बोल्दै करिनाले आफ्नो को­होस्ट अक्षय कुमारको जति नै पारिश्रमिक चाहिने इच्छा व्यक्त गरिन् ।

उनले भनिन्, ‘म अक्षयको जति नै पारिश्रमिक लिन चाहन्छु । बलिउड इन्डस्ट्रीमा बिस्तारै परिवर्तन आँउदै छ। महिलाहरु पनि फिल्म क्षेत्रमा राम्रो काम गरिरहेका छन्। त्यसैले महिला र पुरुषबीच भेदभाव गर्नुहुन्न। त्यसैले कम्तिमा अक्षयको जति पारिश्रमिक त मैले पाउनु पर्छ ।  त्यसो त करिना कपूर  ‘गुड न्युज’ लाई लिएर निकै उत्साहित छिन् । राज मेहता निर्देशित यस फिल्ममा अक्षय र करिनासँगै कायरा अडभानी, दिलजित दोसान्ज लगायतको अभिनय रहेको छ ।

कमेडी जनारा निर्माण भएको ‘गुड न्युज’ २७ डिसेम्बरमा रिलिज हुनेछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट