गजल : सुनिता अधिकारी (धरा) – केहि दिन पर्खिए‌…

पुस ७, २०७६

गजल ✍️

केहि दिन पर्खिए‌ नियति म‌ उठेपछिको कमाल‌ हेर |
आज सम्मको‌ मौनता टुट्यो गर्नेछु अब म सवाल हेर ||

हराउनु हराईस् पाईला पाईलामा तै पनि हार मानिन मैले
अब खेल्दैछु जित्नकै लागी खेलाडी हुँ मेरो चाल हेर ||

भो भो केहि घमण्ड नगर यि आँशु झार्न सकें भन्दैमा
उर्लेको भेल हुँ बगाउन सक्छु बगरमा आएर छाल हेर ||

तँ मात्रै छस् र घुमाउन सक्ने रिङ्गरोड सरि यो जीन्दगी
अब घुम्ने पालो तेरो हो उम्केर देखा त्यो जञ्जाल हेर ||

खुब नचाईस यता र उता लाचार बनाएर आजसम्म नै
अब मेरो ईशारामा कसरी नाच्नेछस् तँ हरसाल हेर ||

’धरा’ हुँ म चिरा परे नि हराभरा भै पुनः फेरिन सक्छु
गर्भमा राखेका लार्भाहरु नै हुन सक्छन् तेरा काल हेर ||

 

  • सुनिता अधिकारी

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट