भारतीय टिभी जगतका चर्चित अभिनेता कुशाल पंजाबीले गरे आत्महत्या

पुस ११, २०७६

काठमाडौँ – भारतीय टिभी जगतका चर्चित अभिनेता एवं बलिउड फिल्ममा समेत देखिइसकेका कुशाल पंजाबीको निधन भएको छ । कुशाल ३७ वर्षका मात्रै थिए । भारतीय मिडिया आजतकका अनुसार कुशालले आत्महत्या गरेका हुन् । बिहिबार राती कुशलको शव घरभित्र झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।

शुक्रबार दिउँसो १ बजे कुशालको अन्तिम संस्कार गरिने स्रोतले बताएको छ । रिपोर्टका अनुसार कुशाल डिप्रेशनबाट गुज्रिरहेका थिए । साथै उनको हेयर ट्रान्सप्लान्ट शल्यक्रिया गडबड भएको थियो । कुशालको मृत्युको जानकारी उनका निकै मिल्ने साथी र टिभी जगतका अभिनेता करनवीर बोहराले आफ्नो सोसल ह्यान्डलमार्फत् दिएका छन् ।

करनवीरले आफ्ना साथी कुशालका लागि एउटा नोट लेखेका छन् । जसमा उनले भनेका छन्, ‘तिमी गएको भन्ने खबर सुन्दा म स्तब्ध छु, मैले अहिलेसम्म पनि यो कुरा स्विकार गर्न सकेको छैन । मलाई थाहा छ तिमी यहाँभन्दा राम्रो स्थानमा छौ । तिमीले सधैं मलाई जीवनमा प्रेरणा दियौ । म सधैं तिमीलाई डान्सिङ ड्याडीको रुपमा याद गर्नेछु ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट