यू- एण्टो शिक्षक परिषदमा सरकारको आलोचना

केशब राज भट्ट पुस १५, २०७६

काठमाडौ –  पूर्ब माओवादी निकट एकीकृत अखिल शिक्षक संगठन अाबद्ध शिक्षक नेताहरूले बर्तमान सरकारको कार्यशैलीप्रती असहमति जनाएका छ्न । उनीहरुले कम्युनिस्ट पार्टीको घोषणापत्र र मूल्य मान्यता को बेवास्था गर्ने सरकारका मन्त्रीहरु लाई खबरदारी समेत गरेका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर ३ को प्रथम परिषद लाई सम्बोधन गर्दै शिक्षक नेताहरूले संगठनको धारणा शनिबार सार्बजनिक गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि स्थायी समिति सदस्य एबम शिक्षक फ्र्याकसन इन्चार्ज मणिथापाले देशमा राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्ति हुनुपर्नेमा जोड  दिए । देशमा गणतान्त्रीक र प्रजातान्त्रिक संस्कार आजको आबश्यकता हो भन्दै सरकारमा बस्नेहरुलाई पार्टीको निति र सिद्धान्तप्रति सचेत रहन उनले आग्रह समेत गरे । कार्यक्रममा बिशेष अतिथि प्रदेश ३ का पार्टी संयोजक नारायण दाहालले कम्युनिस्ट पार्टीमा पनि चुनाव जित्न पैसावालाको हालीमुहाली बढ्न थालेकोले बिचार र सिद्धांत ओझेलमा पर्ने सक्ने खतरा रहेको धारणा राख्नु भयाे । उहाले सरकारमा बस्नेहरूले ब्यक्तिगत स्वार्थ त्यागेर पार्टीको नीतिसिद्धांत अनुसार कार्य गरेर जनता को मन जित्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।

परिषद बैठकमा नेपाल शिक्षक महासंघका सह – अध्यक्ष पूर्ण प्रसाद दवाडीले हालै सार्बजनिक भएको शिक्षानितिका कतिपय बुदाहरुमा महासंघकाे अापत्ति रहेकाे जानकारी दिनुभयो । उहाले बिद्यालय कर्मचारी ,बालबिकास र अस्थायी शिक्षकका कतिपय मागहरू पूरा भए पनि स्थायी शिक्षकको आबधिक र तहगत बढुवाको सन्दर्भमा शिक्षा मन्त्रालय चुकेका गुनासो गर्नु भयो । तथापि विभिन्नखाले शिक्षकका पेशागत माग पुरा गराउन शिक्षक महासंघले विशेष पहल गर्दै जाने तर्क उहाले राख्नु भयो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीले पार्टीले चाहेजस्तो समाजबादी शिक्षानिति सरकारले ल्याउन नसकेकोमा आक्रोश व्यक्त गर्नु भयो ।शिक्षक संगठनको मागबमोजिम स्थायी शिक्षकको तहगत र आबधिक बढुवा ब्यबस्था नभएको , द्वन्द पीडित ; राहत र निजी क्षेत्रका शिक्षकको पक्षमा नियमावली स्पष्ट नभएकोले सरकार विरुद्ध दबाब मूलक आन्दोलन गरिने चेतावनी उहाले दिनु भयो ।

” शिक्षक संगठन बीचको एकता ; पार्टी र सरकार बीचको सम्बन्ध ; पार्टी सितको सम्बन्ध र भर्खरै पारित शिक्षा निति नियमावलीका सन्दर्भमा ब्यापक छलफल गर्न गोष्ठी आयोजना गरिएको ” जानकारी संगठनका केन्द्रीय उपाध्यक्ष ईन्द्रराज भट्टराईले जानकारी दिनु भयो  । प्रदेश ३ का पार्टी अध्यक्ष दुर्गा सिं  लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संगठनकाे लागि याेगदान पुर-याउने १२ जना शिक्षक नेताहरुलाइ सम्मानित समेत गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट