अपहरणमा परेकी युवतीले भागेर ज्यान बचाईन

पुस १६, २०७६

काठमाडौँ –  सुनसरीको इटहरीबाट अपहरणमा परेकी १६ वर्षीया युवतीले भागेर ज्यान बचाएकी छिन्। मंगलबार विराटनगरस्थित नोबेल मेडिकल कजेलमा स्टाफ नर्स अध्ययन गरेर तरहरा घर फर्किएकी युवती इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडीबाट अपहरणमा परेकी थिइन् ।

मंगलबार साँझ ७ बजे इटहरीबाट धरान आउँदै गरेको नम्बर नखुलेको पिकअफ भ्यानमा तरहरा जाने भन्दै चढेकी उनलाई गाडीका चालक र गाडीमा रहेकी एक महिलाले मुख थुनेर धरानतर्फ लगेका थिए। गाडीमा एक महिला देखेर आफु सुरक्षित हुने भएकाले तरहरा घर जान गाडी चढेकी उनलाई अपहरणकारीले गाडी नरोकी धरानको शिवधारा माथिको जङ्गलमा पुर्‍याएका थिए । अपहरणकारीको कब्जामा परेकी युवतीलाई यौन दुर्व्यवहार गरि घाइते बनाएपछि युवतीले भागेर ज्यान बचाएकी छिन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट