विराज भट्टको साङ्लो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक

पुस १८, २०७६

 काठमाण्डौ-  एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘साङ्लो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता विराजको एक्सनलाई प्राथमिकता दिइएको छ । ट्रेलर कमर्शियल बनेको छ । किड्नी तस्करीको कथा बोकेको फिल्ममा अभिनेता विराजले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् ।

ट्रेलरमा निकिता र विराजको लभ केमेस्ट्री पनि देख्न सकिन्छ । ट्रेलर हेर्दा अभिनेता विराजले ‘साङ्लो’ बाट नेपाली फिल्ममा धमाकेदार कमब्याक गर्नसक्ने देखिन्छ । माघ २४ मा रिलिज हुने फिल्ममा प्रकाश शाह र कामेश्वर चौराशिया नेगेटिभ भूमिकामा छन् । ‘चरीले काफल’ बोलको गीत सार्वजनिक भएपछि चर्चामा रहेको यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

मानकृष्ण महर्जनको छायांकन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । पूर्व मिस नेपाल निकिताको यो डेब्यू फिल्म हो । उनले ट्रेलर रिलिज कार्यक्रममा अभिनेता विराज भट्टसँग काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको बताइन् । उनले भनिन्, ‘यो फिल्मभन्दा राम्रो डेब्यू मेरो अरु फिल्मबाट हुनै सक्दैन ।

विराज सरबाट मैले धेरै कुरा सिक्न पाएको छु । उहाँ मेरो लागि अभिभावक हुनुहुन्छ ।’ अभिनेता भट्टले राम्रो फिल्म बनाउने प्रयास गरेको बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरे ।

हेर्नुहोस् ट्रेलर :

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट