कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एकजना पक्राउ

पुस २०, २०७६

काठमाडौँ –   महानगरीय अपराध महाशाखाको टोलीले मोरङ रङ्गेली नगरपालिका–२ का दीपक नेपाललाई कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एकजना पक्राउ हो । यसअघि नाइजेरियन र भारतीय नागरिक मिलेर कृषि विकास बैंकको ५ अर्ब लुट्ने योजना बनाएको आरोपमा १८ जना पक्राउ परिसका छन्  ।

महाशाखाका एसएसपी सहकुल थापाका अनुसार कृषि विकास बैंकको बसुन्धारा शाखामा रहेको दीपकको खातामा ह्याकरले पठाएको १ करोड रकम भेटिएको थियो । नेपाललाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ । प्रहरीले कृषि विकास बैंक ह्याकिङ प्रकरणका मुख्य योजनाकार पिटर भनिने कालेको खोजी पनि जारी राखेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट