मंगलबार घट्यो सुनको भाउ

पुस २२, २०७६

 काठमाडौँ – सोमबार प्रतितोला ७६ हजारमा ऐतिहासिक मूल्य कायम गरेको सुन मंगलबार भने घटेको छ।


आज ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७५ हजार ५ सय भएको सुनचाँदी व्यावसायी महासंघले बताएको छ।

यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ। अन्तर्राष्टिय बजारमा सोमबार बेलुका सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सुन सस्तो भएको हो।

हिजो प्रतिऔंस १५ सय ७७ अमेरिकी डलरमा कारोबार भएको सुन आज १५ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार ९ सय २० रुपैयाँ प्रतितोला रहेको चाँदी आज ९ सय रुपैयाँ भएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट