गाँउको केटासंग प्रेम रहेको थाहा पाएपछि बुवाले गरे छोरीको हत्या

पुस २३, २०७६

काठमाडौं – गाँउकै केटासंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि बुवाले छोरीको हत्या गरेका छन् । घटना पर्साको पोखरीया नगरपालिका ९ शीवबर्वाको हो हो । स्थानिय १५ वर्षीया पुनिता कुमारी महतोको परिवारले नै हत्या गरेर रातको समयमा खोला किनारमा लगेर जलाएका थिए ।

उनको हत्या सरोदर काका र बुवा मिलेर गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । हत्यामा पाँच जनाको संलग्नता खुल्न आएको प्रहरीले जनाएको छ । पुनिताका बुवा वीरेन्द्र महत्तो हाल फरार रहेका छन् भने आमा र काकाहरुलाई प्रहरीलाई पक्राउ गरेको छ ।

उनीहरुले हत्या गरेर शव टेक्टरमा राखेर रातको समयमा खोला किनार पु¥याएका थिए । हाल हत्यामा संलग्न टेक्टर चालकसहित परिवारलाई नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शव जलाइएको ठाँउबाट संकलन गरेको माटो लगायतको खरानी संकलन गरिसकेको र परीक्षणका विधि–विज्ञान प्रयोगशाखामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट