तनहुँमा बस दुर्घटना दुईजनाको ज्यान गयो दर्जनौ घाइते

पुस २५, २०७६

 काठमाडौँ – दमौली घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ । बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । बसमा सवार २५ मध्ये १७ यात्रु घाइते भएका छन् । सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिलो बाटोमा चिप्लिँदा दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट