अमेरिकामा हिउँ, असिनासँगै आएको हुरीमा परी कम्तीमा १० जनाको मृत्यु

पुस २७, २०७६

काठमाडौँ – शुक्रबार र शनिबार अमेरिकी राज्यहरू टेक्सासदेखि मिसिगनसम्म आएको विन्टर स्ट्रोमले झन्डै १ हजार बढी उडान रद्द भएका छन् ।

हुरीमा ठूल्ठूला असिना र पाँच इन्चसम्मको हिउँ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हुरीले केही घर भत्काएको छ भने रूखहरू ढलेका छन्। सडकमा हिउँ जमेकाले पनि मानिसहरू दुर्घटनामा परेका छन्। टेक्सासमा सडक दुर्घटनाको अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकारी र अग्निनियन्त्रकको हिउँमा चिप्लिएको कारले ठक्कर दिँदा मृत्यु भएको छ। हुरी र हिउँले क्षति पुर्‍याएपछि केही राज्यमा बिजुली अवरूद्ध भएको छ।

अल्बामा, मिसिसिपी, केन्टुकी, टेनेसी र आर्कान्सास राज्यमा झन्डै साढे २ लाख मानिसका घरमा बिजुली काटिएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट