मन्त्रिपरिषद् बैठकले दिलिप महतोको परिवारलाई ५ लाख दिने निर्णय

पुस २८, २०७६

 काठमाडौँ – नदि दोहन गर्ने क्रसर उद्योग व्यवसायीबाट मारिएका भनिएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप महतोको परिवारलाई राहत स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।

२ नम्बर प्रदेश सरकारको सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राहत दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले प्रदेश सरकारले राहत दिने निर्णय गरेको बताए । उनका अनुसार महतोको हत्यामा संलग्न रहेका अभियुक्तमाथि कडा कारवाही गर्न समेत प्रदेश सरकारले पहल गरिरहेको छ ।

‘अभियोजनकर्ताले कर्तव्य ज्यानमा मुद्दा चलाइ सर्वस्वसहित जन्मकैदको मागदावी गर्ने वातावरण बनेको छ,’ उनले भने, ‘चुरेको दोहन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानूनको मस्यौदा समेत तयार भएको छ ।

टिप्परले किचेर महतोको हत्या गरिएको भनेर स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । नदी दोहन नियन्त्रणको अभियान चलाउने र जथाभावी ढुंगा, गिट्टी, बालुवा संकलनको विरोध गर्ने गरेका महतोको मृत्युलाई शंकास्पद रुपमा हेरिएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट