चलचित्र ‘लक्का जवान’ को शीर्ष गीत सार्वजनिक

माघ २, २०७६

 काठमाडौँ – हास्य कलाकार शिवहरी पौड्यालको निर्देशकीय डेब्यु ‘लक्का जवान’को शीर्ष गीत सार्वजनिक भएको छ ।

गीतमा सरोज खनाल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, शिवहरी पौड्याललगायतको जम्बो टोली नाचेको छ ।

बाबुल गिरीको संगीत तथा डिपी खनालको शब्द रहेको युगल गीतमा गिरीलाई मीना निरौलाले महिला स्वरमा साथ दिएकी छन्।

गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।

सिनेमा चैत २१ गते रिलिज हुनेछ ।

शिवहरीकै कथा, पटकथा र संवादमा सरोज खनाल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, शिवहरी पौड्याल, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ ओन्ता, सबिता गुरुङ, अन्जु महर्जनसँगै थुप्रै कलाकारले अभिनय गरेका छन् ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझीको कार्यकारी निर्माता सिनेमामा पुरुषोत्तम प्रधानको छायाँकन, र मित्र डी गुरुङको सम्पादन छ । अन्सुया श्रेष्ठ ओन्ता निर्माता रहेको सिनेमाका सह-निर्माता सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ हुन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट