रुद्राक्ष फिल्मको प्रिमियर सो …….।

शोभा लिम्बु फाल्गुन ५, २०७७

काठमाडौको अनामनगर स्थित किमचि रेस्टुरेण्टमा चलचित्र रुद्राक्ष को प्रेस मिट सँगै प्रिमियर सो पनि भएको थियो । यस प्रिमियर सो मा रुद्राक्ष टिमका सम्पुर्ण कलाकारहरु उपस्थित भएका थिए । गंगादेवि चौहान द्वारा लिखित र रुसिल अमात्यद्वारा निर्देशित नेपाली कथानक चलचित्र रुद्राक्षको निर्माण पनि रुसिल अमात्यले नै गर्नुभएको हो जसको सहनिर्देशन मा भने शोभा भण्डारी रहेकी छिन । स्प्लास इमेज इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति रहने उक्त चलचित्रमा शक्तिप्रज्वल घिमिरेले सम्पादन गर्ने भएका छन भने छायांकन नवराज घिमिरेले गर्नेछन ।

      

सत्य कथामा आधारीत नेपाली कथानक चलचित्र रुद्राक्षले नेपाली समाजमा एक महिला र असक्त माथि गरिने व्यवहार र समाजमा भैरहेका समसामायिक बिषयलाई नयाँ पन दिन खोजेको कुरा प्रिमियर सोद्वारा झल्किन्छ । गंगादेवि चौहानकै जिवनीमा आधारीत यस चलचित्रको मुख्य भुमिकामा पनि गंगादेवि चौहान नै रहेकी छिन ।

सत्य घटना र नेपाली समाजमा हुने गरेको विभेद अन्याय र अत्याचारको बिषयलाई फरक शैलिबाट उठान गर्ने प्रयास गरिएको कुरा कार्यक्रममा ब्यक्त गर्नु भएको थियो निर्माता तथा निर्देशक रुशिल अमात्यज्यूले ।साथै कार्यक्रममा बोल्दै आफ्नो बहिनीले आफ्नै गाउँको सेरो फेरो अनि आफ्नै जिवनमा भोग्नुपरेको पिडा र यातना लाई जिवन्त रुपमा चलचित्र मार्फत उतार्न खोजेको भन्दै खुशि साटासाट गर्ने क्रममा भाव विव्हल हुनुभएको थियो गंगा चौहानकि दिदि निर्मला चौहान र केही क्षणको लागी कार्यक्रम स्थलनै भाव विव्हल बन्न पुगेको थियो ।

यहि फागुन दोस्रो सातादेखि छायांकन सुरु गर्न लागिएको चलचित्रमा भिडियो प्रोडक्सनमा व्हाइट मिडिया र म्युजिक निर्देशनमा सुदिप सिं रहेका छन ।

यसका मुख्य कलाकारहरुमा गंगादेवि चौहान, शारदा गिरी, शोभा भण्डारी, सुर्यबाहादुर नहर्की, भिमसेन खतिवडा, र रुपेश गौतम, रहेका छन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट