कांग्रेस किन दोधारमा ?

प्रकाश कपाली फाल्गुन २१, २०७७

संसद पुनस्र्थापनाको लागी सर्बोच्च अदालतको फैसलाले मार्ग तयार भएसंगै संसद पुनस्र्थापना हुने भएको छ । संसद बिघटन भएपछि संसद बिघटन असंबैधानिक कदम भएको भन्दै सत्ताधारी दलका नेताहरु असन्तुष्ट भई सत्ताधारी दलका नेताहरु केपी र प्रचण्ड माधब दुई समुहमा बिभाजित भएपछि दुबै पक्षका नेताहरुले सरकारमा मिलेर जान प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा लाई आग्रह गरेको छ ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले आफूलाई जुन समुहबाट सरकारमा गठबन्धन गरेर जाँदा आफ्नो पार्टी लाई बढी लाभ मिल्छ त्यही समुहसंग आफुले गठबन्धन गरेर सरकारमा जाने उनले बताएका छन् । त्यसैगरी देउबाले आफूनिकट नेतासंग पार्टीको भाबी सत्ता र समीकरणको बारेमा आफूले छलफल गरिरहेको पनि उनले बताएका छन् । यसैगरी नेपाली कांग्रेस अन्य दलको कुरा सुनेर सत्तामा गए नेपाली कांग्रेस लाई घाटा हुने कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पोेैडेलले बताए । जनताले दिएको बहुमूल्य मतको कदर गर्दै नेपाली कांग्रेसलाई पाँच बर्ष सम्म प्रतिपक्षमा बस्ने जनताले दिएको जनादेश नेपाली कांग्रेसले पालना गनुपर्ने र आफू अहिले सत्तामा जान नहुने तर्क पौडेलले ब्यक्त गरेका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु बिच सरकारमा जाने कि नजाने भन्ने बिषयमा बहस चलिरहेको अबस्थामा कुन समुहका नेताहरुलाई साथमा लिएर पार्टीलाई अघि बढाउने वा सरकारमा जाने भन्ने बिषयमा नेपाली कांगे्रस पार्टीका नेताहरु दोधारमा रहेका छन् । यस्तो अबस्थामा नेपाली कांग्रेस दोधारमा नपरी समयमै सरकारमा जाने कि प्रतिपक्षको हैसियतमा बस्ने भन्ने बिषयमा सही बिचार गरी पार्टीका कामलाई प्रभाबकारी रुपले अघि बढाउने कुरा तर्फ ध्यान दिनुनै अति आवश्यक देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट