सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
एजेन्सी : एक नयाँ अनुसन्धान अनुसार कुनैपनि मानिसको हिँडडुल गर्ने तरिकाले उसको आक्रामकताको पहिचान गर्न सकिन्छ । शोधकर्ताहरुका अनुसार यदि हिँड्ने बेला कुनै मानिसको शरीरको माथिल्लो र तल्लो भाग बढि नै चलायमान हुन्छ भने उसमा आक्रामकता बढि हुन्छ ।
बेलायतको पोर्ट्समाउथ विश्वविद्यालयका शोधकर्ताहरुले २९ जना मानिसहरुमा अध्ययन गरेका थिए । एक शोधकर्ता भन्छन्, जब हामी हिँड्दछौँ तब हाम्रो सरीर चलायमान हुन्छ ।
जब कुनै व्यक्तिले आफ्ना बायाँ खुट्टा अगाडि बढाउँछ तब त्यो सँगै सरीरको बायाँ भाग पनि अगाडि बढेको हुन्छ र बायाँ काँध थोरै पछाडि झुकेको हुन्छ । सोही बेला दायाँ काँध सन्तुलन बनाउनका लागि अगाडि झुक्दछ ।
शोधकर्ताले सहभागीहरुलाई उनीहरुको आक्रामकताको स्तर पत्ता लगाउनका लागि केही प्रश्नहरु सोधिएको फाराम भर्न दिएका थिए । त्यस्तै व्यक्तित्वको विशिष्टता पत्ता लगाउनका लागि बिग फाइभ नामको एक परीक्षण पनि गरियो ।
फाराममा प्राप्त जवाफ तथा परीक्षणका आधारमा शोधकर्ताहरुले मानिसहरुले के सोँच्दछन् , के महसुस गर्दछन् र कस्तो व्यवहार गर्दछन् भन्ने कुरा पत्ता लगाए ।
त्यस्तै मोसन क्याप्चर प्रविधिको सहायताले शोधकर्ताहरुले मानिसको छाति तथा हिपको गति र चाल पत्ता लगाए । आक्रामकताको स्तर, व्यक्तित्वका विशिष्टता तथा हिँडडुल गर्दा हुने छाति र हिपको गति र चालको विश्लेषण गरी शोधकर्ताहरुले हिँडडुलको तरिकाले मानिसको स्वभावको अनुमान गर्न सकिने निष्कर्ष निकालेका हुन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका